१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीमा समृद्धिको आशा

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल। तस्बिर/नागरिक

जुम्ला – कर्णाली प्रदेशको नामांकन गरि राजधानीको टुंगो लगाएसँगै कर्णालीमा समृद्धिको आशा पलाएको छ। कर्णालीको प्रदेश सरकारले भौगोलिक रुपमा विकट मानिएको कर्णाली अनुकूलको योजना बनाएर समृद्ध कर्णाली प्रदेश बनाउनेमा कुनै शंका छैन। कर्णालीको रोग, भोग, अशिक्षा, पछौटेपन हटाएर सुखी र खुसी प्रदेश स्थापनामा जोड दिने जुम्लाका स्थानीय जयबहादुर बुढा बताउँछन।

देशले छोटो समयमै रंग फेर्ला जस्तो लागेकै थिएन। लामो समय सम्म सिंहदबारको अधिकार गाउँमा आएर घरदैलोमै सेवा प्रवाह होला भन्नेमा ढुक्क थिएनौ।  जब स्थानीय तह सम्पन्न भयो, अनिमात्र थोरै महशुस भयो जनताका प्रतिनिधि चुनिएर प्रशासनिक ढिलासुस्तीको अन्त्य हुनेछ। अहिले कर्णालीको सरकार बलियो र उदाहरणीय हुने अपेक्षा कर्णालीवासीको छ।  उनले भने, प्रदेश सरकारको चर्चा चल्दैगर्दा संघियता कार्यन्वयन भइसकेको महशुस गर्न थाल्यौ।       

रोगभोग, अभाव, पछौटेपन हट्नेछ, यो प्रदेशले देशकै अब्वल प्रदेशको परिचय दिने छ, हामी यहि आशा गछौ, अर्का कर्णालीवासी मोतिराम बुढाले भने, कर्णाली आफैमा आत्मनिर्भर छ, त्यसैमा पनि उचित योजना र सकारात्मक सोचको अभाव छ।  आफू धनी भएर अरुलाई धनी बनाउन सक्ने सामाथ्र्य कर्णाली प्रदेशमा छ।

खाद्य संकट बेहोरीरहेको कर्णालीबाट भोगमरीको विदाई हुनेछ,नदिनालाको धनी प्रदेशले अन्धकार झेल्नु पर्ने छैन। कर्णाली प्रदेशको आवश्यकता र माघका आधारमा योजना बनाएर उत्कृष्ठ संघीयताको मोडल दर्ज गर्न सक्ने आँट यो सरकारबाट हुने आसा पलाएको स्थानीय बताउँछन। ‘पहिले यो प्रदेशमा गरिबी, अशिक्षा र भोकमरी हेर्न मान्छेहरु आउँथे, अब समृद्धि हेर्ने निम्ता दिने प्रदेशका रुपमा विकसित भएको हेर्ने धोको कर्णालीवासीको छ।   कर्णाली प्रदेशमा रहेका पर्यटकीयस्थलहरुको प्रचार प्रसार र अर्गानिक उत्पादनले प्रदेशलाई समृद्धिको खाका कोर्न सहज हुने विश्वास छ।

कर्णालीका अगुवा पुर्णप्रसाद धिताल प्रदेश सभावाट प्राकृतिक र मानविय स्रोतको पहिचान भएर तिनकोे पहिचान गर्नु पर्ने बताउँछन। समस्यको पहिचान भईसकेपछि  जनताका तत्कालिन समस्याको तुरुन्त समाधान गर्ने गरि अल्पकालिन, मध्यकालिन, दिर्घकालिन योजना बनाएर अघि बढ्ने छ भन्नेमा हामी ढुक्क छौ, उनले थपे।

खानेपानी, स्वास्थ्य, शिक्षा,बाटोघाटो, बिजुली जस्ता आधारभुत आवश्यकताको परिपूर्ति हुने छ,  कर्णाली प्रदेशका प्रत्येक घरमा धारा, सबैको घरमा नियमित बिजुली र स्वास्थ्यमा सबैको पहुच विस्तार हुने आशा कर्णालीको छ, उनले थपे । राष्ट्रिय मापदण्ड अनुसारको औषत आयु बनाउन प्रदेश सरकारले ध्यान केन्द्रित गर्ने छ।

शिक्षामा गुणस्तर कायम गरि राष्ट्रिय प्रतिस्पर्धामा ल्याउन सक्नुपर्छ। विद्यालय भवन निर्माण देखि पूर्वाधार विकासका लागि डिजिटल प्रविधि अवलम्वन गर्नुपर्छ। प्रदेशैभरी दुई लेनको सडक निर्माण गर्नुका साथै उत्तर दक्षिण सडकमा ध्यान दिनेछ,उनले भने, नदि छ भने पुल हाल्नु पर्याे, पहाड छ भने प्लाव पार्नु पर्याे। अहिलेको सरकारको प्रथामिकता यसैमा हुन जरुरी छ।
सरकारले प्रदेश र स्थानीय सरकारका काम छुटिने गरि ऐन बनाउनु पर्छ। अहिले भएको अन्यौलता हटाउनु पर्छ। भ्रष्टचार अन्त्यका लागि कानुन वनाएर  कार्यन्वयनमा जोड दिनु अहिलेको सरकारको जिम्मेवारी हो।

उर्जा, खनिजहरुको उत्खनन् , उद्योगहरुको स्थापना, बिजुली उत्पादन संगै संगै अघि बढ्नु पर्छ।  यहाँको गुजारामुखी खेती प्रणालीमा सुधार ल्याई व्यवसायीक खेती प्रविधिको विकास गर्नुपर्छ।  उनले  शिक्षालाई उत्पादन संग जोड्ेर  वैदेशिक वहिर्गमनलाई रोक्न सक्ने योजना तर्जुमा गर्न प्रदेश सरकारलाई सुझाव दिए।   आन्तरिक प्रतिस्पर्धा लाई तिब्र बनाउनु पर्छ, उनले भने,अनियमितता र ढिला सुस्ती हटाएर चुस्त प्रशासनको व्यवस्था कार्यन्वयन हुनुपर्छ। कर्णालीको पर्यटन प्रवद्र्धन र  यहाँको जडिबुटीलाई बढी भन्दा बढी निर्यात गरेर आम्दानीको स्रोत बनाउँनु पर्छ।

दिलैदेखि पिछडिएको क्षेत्रबाट काम अघि बढ्नु पर्छ भन्ने मान्यता प्रदेश सरकार र मन्त्रीपरिषद् स्पष्ट हुन जरुरी छ।    विभिन्न प्रविधि भित्र्याएर उत्पादनमा बृद्धि गर्नुपर्छ तर उत्पादन बृद्धि गर्न कुनै प्रकारको सम्झौता गर्नुहुँदैन। कर्णाली प्रदेशमा रहेको कच्चा पदार्थको राष्ट्रिय र अन्तराष्ट्रिय बजारको खोजी गर्नुपर्छ । जुम्लामा फयुल सेन्टर स्थापना गरेर सवै जिल्लामा हवाई यात्रा गर्न सक्ने माहोल सृजना गर्नुपर्छ।   

कर्णालीलाई पर्यटकीय शहर बनाएर पर्यटन आवागमनको केन्द्र तोकिनु पर्छ।  गाउँ शहर र नगरहरुको भगिनी सम्बन्धको विकास र बिस्तार यो सरकारले गर्नेछ। स्थानीय जनशक्तिले स्थानीय स्तरमै काम गर्न सकोस र बाहिरको दक्ष जनशक्ति आएर काम गर्न सकोस। नातावाद, कृपावाद र आफन्तजनलाई जागिर दिने प्रचलनको अन्त्य गरि दक्ष जनशक्तिले सहजै रुपमा काम गर्न पाउने गरि अवसर सृजना गर्नुपर्छ। उनले व्यक्तिगत ईच्छा आकांक्षा र स्वार्थ भन्दा पनि सामूहिक हित सबैको प्रतिवद्धता हुनु पर्नेमा जोड दिए।
 

प्रकाशित: १६ फाल्गुन २०७४ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App