१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालयलाई कम्प्युटर प्रदान

तेह्रथुम-  फदाप गाउँपालिका–१, सिम्लेका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन्।
विद्यालयको संस्थापक सदस्यसमेत रहेका फेदाप गाउँपालिका–१, सिम्लेका लक्ष्मीसुन्दर निङ्लेकुले आमा जोगमायाको स्मृतिमा ‘आमा पुस्तकालय’ स्थापना गर्नुका साथै विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेकी छन्।

उनले विद्यालयलाई नगद रु ५० हजारसमेत सहयोग गरेका छन्। विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले निङ्लेकुले पुस्तक खरिद गरी पुस्तकालय स्थापना गरेका हुन्। निङ्लेकुले बुबा कृषिप्रसाद र आमा जोगमायाको स्मृतिमा विद्यालयलाई सहयोग गरेको बताए।प्रधानाध्यापक कृष्णबहादुर थापाले चाँडै नै कम्प्युटर शिक्षक नियुक्ति गरी कम्प्युटर कक्षा सञ्चालन गरिने बताए।रासस

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App