१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अभिभावकप्रति समर्पित कार्यक्रम निःशुल्क

काठमाडौं– नेपाल मेडिसिटी अस्पतालको ‘अभिभावकप्रति समर्पित’ कार्यक्रम निःशुल्क रुपमा पाउने भएको छ । स्ट्याण्डर्ड चार्टड बैंकले जेष्ठ नागरिक ग्राहकहरुलाई उच्च सम्मानका साथ उक्त कार्यक्रम अघि सारेका थिए।

अभिभावकप्रति समर्पित कार्यक्रम निःशुल्क गर्नका लागि स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडका कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी अस्पतालका कार्यकारी अधिकृत सुधाकर जयरामले सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

‘अभिभावकप्रति समर्पित’कार्यक्रम अन्र्तगत नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य उपचार गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, खानपानएवं पोषणका बारेमाजानकारी दिने, फिजियो थेरापी तथा व्यायामहरु सिकाउने रहेका छन् ।

यस्तै, आकस्मिक रुपमा अस्पतालमा उपचारका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने, अस्पतालको विविध सामाजिक कार्यहरुमा सरिक गराउने लगायतका सेवामूलक कार्यहरु रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत जयरामले बताएको जारी विज्ञप्तीमा उल्लेख छ ।सम्झौताअनुसार बैकका सबै डेबिड, क्रेडिड कार्ड होल्डर ग्राहकहरुले अस्पतालको सबै सेवामा विशेष सहुलियत सहित प्राथमिकता साथ उपचार सेवा प्राप्त गर्ने जनाएको छ ।

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App