१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन्।

उनले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए।

प्रस्तावको पक्षमा नेकपा एमाले र माओवादी केन्द्रका ३२ सदस्य तथा विपक्षमा नेपाली काँग्रेसका ५ र राप्रपाका एक गरी छ जना सदस्यले मतदान गरेका थिए। 

यसअघि प्रस्तावको सर्मथन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले फागुन ३ गते प्रदेश प्रमुखलाई दिएको हस्ताक्षरलाई कायमै राख्ने र सरकारको पक्षमा मत दिने बताएका थिए। उनले सरकारले सहकार्यको बाटो अवलम्बन गर्नुपर्ने सुझाव पनि दिए।

नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरू रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउँदै सरकारले गरेका कामका आधारमा सर्मथन तथा विरोध गर्ने धारणा व्यक्त गरे। 

राप्रपाका सोशीला शाहीले आफ्नो पार्टीको संविधानका केही धारामा मतभेद भएपनि समृद्धिका लागि सबैसँग सहकार्य गर्दै जाने बताए। 

सभामुख राजबहादुर शाहीले अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रदेससभाको अर्को बैठक स्थगित गरिएको घोषणा गरे।

प्रकाशित: १५ फाल्गुन २०७४ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App