१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युएईद्वारा नेपालसामु १७२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपालले १७२ रनको विजयी लक्ष्य पाएको छ। जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा टस जितेर व्याटिङ गरेको युएईले २८.५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनायो। 

युएईका लागि असफाक अहमदले सर्वाधिक ४२ रन बनाए। अदनान मुफ्ती ३७, घुलाम साब्बर ३२, मोहम्मद उसमान २६ र साइमन अनवरले १६ रन जोडे।

नेपालका ललितसिंह भण्डारीले सर्वाधिक ४ विकेट लिए। करण केसी र ललितनारायण राजवंशीले समान २–२ विकेट लिए। कप्तान पारस खड्काले एक विकेट लिए।

वर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेको खेललाई २९ ओभरमा झारिएको छ।

प्रकाशित: १५ फाल्गुन २०७४ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App