१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

होलीमा अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक मुद्दा

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ। 

परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले फागु पूर्णिमा (होली पर्व)का बेला जिल्लामा कुनै पनि किसिमको आपराधिक एवं अवाञ्छित गतविधि गरे सार्वजनिक अपराध ऐनअन्तर्गत कडा कारबाही गर्ने बताए। 

फागु पूर्णिमाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै उनले सुरक्षा योजना तयार गरी थप पिकेट, तलाशी, गस्ती, मोबाइल गस्तीका लागि स्ट्राइकिङ, रिजर्भ, सादा पोशाकका प्रहरी, पर्यटक प्रहरी र ट्राफिक प्रहरीलाई व्यापक रुपमा परिचालन गरिएको जानकारी दिए। 

उनका अनुसार फागुका लागि पर्चा वितरण, सार्वजनिक स्थानमा माइकिङलगायतका चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ। पर्वको बेला कोहीमाथि कसैले अभद्र व्यवहार गरेमा कानून बमोजिम कडा कारबाही गरिनेतर्फ प्रहरीले सचेत गराएको छ। इच्छा विपरीत कसैमाथि रंग, लोला र पानी नहान्न प्रहरीले अनुरोध गरेको छ। रासस

प्रकाशित: १५ फाल्गुन २०७४ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App