१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध : मन्त्री पण्डित

भक्तपुर – जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई प्रतिबन्ध लगाउँने बताए।

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अब आयत हुने सामानको ल्याव परिक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनको दाबी थियो।

बैशाख १ देखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने मन्त्री पण्डितले जानकारी दिए। हरियो स्टिकर टालेको सवारी साधनमा समेत प्रदुषण भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने पण्डितको भनाई थियो।

त्यस्तै पण्डितले वाताबरणको ख्याल नगरी कानुन मिच्दै निश्चित ब्यक्तिले फाईदा लिईरहेकोले ईट्टा भट्टाहरुलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउने दाबी गरे।

बिश्वकै पाँचौ फोहर राजधानीका रुपमा परिचित काठमाडाैंलाई अबको १ बर्षमा माक्समाण्डुबाट काठमाडौं बनाउने तर्फ अग्रसर रहेको बताउँदै उनले हाल उपत्यका भित्र २०, ४० रुपैयाँँमा प्रयोग भईरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भईरहेको र उपत्यकाको वातावरण अनुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको समेत उल्लेख गरे।

उनले फोहोर गर्नेलाई समाज स्तरबाटै कारवाही गरिनु पर्ने भन्दै सभ्य र सफा समाज निर्माणमा स्वयम आफ्नो भूमिका सम्झे मात्र सफाई अभियानले सार्थकता पाउने उनको भनाई छ।

संचारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री पण्डितले मन्त्री मण्डल बिस्तार ढिलाई हुनुमा थोरै मन्त्रालय र धेरै आकांक्षीहरु रहेकाले अब हप्ता दिन सम्ममा मन्त्री मण्डलले पूर्णता पाउने उनकाे भनाइ थियाे।  सरकारमा समाजवादी फोरमको समेत सहभागी हुने बताउँदै तत्कालै संबिधान संसोधन नभए पनि समयको आवश्यकता अनुसार संसोधनको प्रक्रिया अघि बढ्न सक्ने उनको टिप्पणी थियो।

प्रकाशित: १५ फाल्गुन २०७४ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App