१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हेल्प नेपाल र पुलिसको जित

काठमाडौं – हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ सोमबार जित हासिल गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा पुरुषतर्फको पहिलो खेलमा सोमबार हेल्प नेपालले मणिमुकुन्द स्पोटर््स क्लबमाथि चार सेटसम्म प्रतिस्पर्धा गर्दै जित हासिल गरेको हो । प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा हेल्प नेपालले रूपन्देहीको टोली मणिमुकुन्दको चुनौती २५–१८, २३–२५, २५–२१, ३४–३२ को रोमाञ्चक नतिजामा पाखा लगायो ।

पुरुषतर्फ अर्को खेलमा नेपाल प्रहरीको पुलिस क्लबले नयाँ बजार सामाजिक क्लबमाथि २५–६, २५–९, २५–१४ को सहज नतिजामा पराजित गरेको छ।

महिलातर्फ  स्टार खेलाडीहरूले भरिपूर्ण शिवम् न्यु डायमन्ड एकेडेमीले विजयी सुरुआत गरेको छ । राष्ट्रिय टोलीकी स्टार स्पाइकर प्रतिभा मालीको प्रेरणामा रहेको टोलीबाट पोखराकी मन्जु गुरुङ र अरुणा शाहीलगायतले खेलिरहेका छन् । मन्जु नेपालगन्जमा हालै सम्पन्न प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितादेखि न्यु डायमन्डको जर्सीमा कोर्ट उत्रिएकी थिइन् भने अरुणा यही प्रतियोगितादेखि टिममा आबद्ध भएकी हुन्।

स्टार खेलाडीको प्रेरणामा न्यु डायमन्डले सोमाबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा चितवनको पद्मोदय युथ क्लबमाथि २५–१४, २५–१२, २५–१८ को सोझो सेटमा जित हासिल ग¥यो।

राष्ट्रिय टोलीका अनुभवी स्टारहरू मन्जु र अरुणाको आगमनले टिम थप बलियो भएको बताउँदै न्यु डायमन्डका प्रशिक्षक कुमार राईले प्रतियोगितामा उपाधि आफ्नो मुख्य लक्ष्य भएको बताए । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा यसपालि पश्चिमाञ्चलले भाग नलिएका कारण मन्जु र अरुणालाई न्यु डायमन्डबाट मौका दिएको राईको भनाइ थियो।

‘यसपालि पश्चिमाञ्चलले भाग नलिँदा राष्ट्रिय प्रतियोगितामा मन्जु र अरुणाजस्ता राष्ट्रिय टिमका खेलाडीहरू यत्तिकै बस्नुपर्ने अवस्था आयो । त्यसैले मैले उनीहरूलाई हाम्रो टिमबाट खेल्न प्रस्ताब गरेँ । उनीहरू प्रतियोगितामा सक्रिय भइरहँदा केही फाइदा हुन्छ भनेर मैले बोलाउँदा चेलीहरूले पनि स्विकारे,’ नेपाली महिला भलिबलमा चिर प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबको चुनौतीबारे राईले थपे, ‘न्यु डायमन्ड खेलेपछि नेपालका सबै प्रतियोगितामा फाइनल पुग्नु सामान्य हो। 

उनीहरू टिममा आउँदैमा यसपालि पनि जित्छ भन्ने छैन । एक–दुई जना व्यक्ति आउँदैमा जित्ने होइन । टिमले जित्ने हो । न्यु डायमन्ड आफैंमा सेट टिम थियो । मञ्    जु र अरुणा आएपछि हाम्रो टिम सेट भइसकेको छैन । एपिएफ लामो समयदेखि सेट टिम छ । तर मञ्जु र अरुणा टिममा सेट भएपछि चाहिँ न्यु डायमन्डलाई नेपालको कुनै पनि टिमले हराउन सक्दैन।’

महिलातर्फकै अर्को खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–११, २५–१०, २५–१२ को सोझो सेटमा पराजित गर्न सफल भयो।

प्रकाशित: १५ फाल्गुन २०७४ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App