२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ओलीसँगै पञ्चायतबिरुद्ध लडेका बस्नेत सम्मानित

खोटाङ – पञ्चायत शासनका बिरुद्ध खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटाका योद्धालाई सम्मान गरिएको छ। पञ्चायतका बिरुद्ध २०३७ सालदेखि २०४८ सालसम्म खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटा नगरपालिका–२ भीरगाउँका ७६ वर्षीय उदय बस्नेतलाई सम्मान गरिएको हो।

पञ्चायतका विरुद्धमा संघर्ष गरेका पूराना योद्धाकारुपमा नेकपा एमाले खोटाङले बस्नेतलाई घरैमा पुगेर सम्मान गरेको हो। भूमीगत बनेर तत्कालिन नेकपा मालेको संगठन बिस्तार गर्दै पञ्चायत व्यवस्थाका बिरुद्धमा लडेर प्रजातन्त्र स्थापनामा योगदान पु¥याएको कदर स्वरुप बस्नेतलाई सम्मान गरिएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए। बिक्रम सम्बत १९९८ साल मंसिर १७ गते जन्मिएका बस्नेतलाई अध्यक्ष चामलीङले घरैमा पुगेर दोसल्ला, खादा ओढाएर सम्मानपत्र प्रदान प्रदान गरे। 

प्रजातन्त्र स्थापनाका खातिर पञ्चायत व्यवस्थाका बिरुद्ध लड्नेक्रममा जेलनेल र यातना खेपेका जिल्लाका पूराना १५ योद्धालाई फागुन ५ गते दिक्तेलमा सम्मान गरेको एमालेले धनकुटाका बस्नेतलाई पनि घरैमा पुगेर सम्मान प्रदान गरेको हो। ‘उहाँले खोटाङमा लामो समयसम्म भूमीगत बनेर दुःख गर्नुभयो,’ चामलीङले भने, ‘प्रजातन्त्र ल्याउनका लागि पु¥याउनु भएको कदर स्वरुप हामीले उहाँलाई सम्झिएका हौँ ।’ 

संगठन बिस्तारकाक्रममा बस्नेत उदयपुर हुँदै खोटाङ आइपुगेका थिए। सोलुखुम्बु र ओखलढुंगामा समेत भूमीगत जीवन बिताएका बस्नेतले २०५१ सालमा खोटाङमा पार्टीलाई बरबुझारथ गरेर धनकुटा फर्किएको बताए। पञ्चायत बिरुद्ध गतिविधि गरेको अभियोगमा उनलाई पटक–पटक धनकुटा, बिराटनगर, सेन्टर र नख्खु जेलमा लगिएको थियो। २०३२ सालमा सेन्टर जेलमा वर्तमान प्रधानमन्त्री केपी ओलीसँग तथा नख्खुमा राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीसँग भेट भएको बस्नेतले बताए। धनकुटाको छिन्ताङ हत्यकाण्डपछि ६ महिना जेल परेका उनी शसस्त्र द्धन्द्धमा लाग्दा पनि डेढ वर्ष जेल परेका थिए। ‘जनताको मुक्ती हुने सपना बोकेर जीवन अर्पण गरियो,’ बस्नेतले भने, ‘तर व्यवस्था फेरिए, नेताका व्यबहार फेरिएन।’ उनका दुई छोरा छन्  एमाले खोटाङको सम्मान पाउँदा उनले खुसी व्यक्त गरे। 

प्रकाशित: १४ फाल्गुन २०७४ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App