१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

होलीमा आपराधिक गतिविधि रोक्न प्रहरी सजग

काठमाडौं – होली पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि रोक्न प्रहरीले राजधानीमा विशेष अभियान चलाउने भएको छ । होलीका बेला शान्तिसुरक्षा कामय गर्न सुरक्षा समितिबाट निर्णय गरी अभियान सुरु गर्न लागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

आपराधिक गतिविधि रोक्न प्रहरीका एक सय छ टोली खटाइने पोखरेलले बताए । होलीका बेला २० वटा मोबाइल टोली र एक हजार पाँच सय प्रहरी खटाइने प्रहरीले जनाएको छ । ‘होलीका बेला कुनै अप्रिय घटना नहोस् भनेर विशेष अभियान सुरु गर्न लागेका छौैं,’ एसएसपी पोखरेलले भने। 

होली लक्षित विशेष अभियानका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पोखरेलले प्रहरीका बारेमा जनताका गुनासा सुन्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए । प्रहरीमा रहेका कमीकमजोरी हटाउन र प्रहरीमाथि जनताको विश्वास वृद्धि गर्न पहिलो चरणका कार्यक्रमअन्तर्गत सार्वजनिक सुनुवाइ गरिरहेको पोखरेलले बताए । ‘हालसम्म तीन ठाउँमा यस्तो कार्यक्रम आयोजना गरेका छौं, विभिन्न ४३ स्थानमा यस्तो कार्यक्रम गर्ने लक्ष्य राखेका छौं,’ पोखरेलले भने । सार्वजनिक सुनुवाइमार्फत नागरिकबाट प्रहरीका बारेमा व्यापक गुनासा आइरहेको र ती गुनासा सम्बोधन गर्न टोली पनि गठन गरेको पोखरेलले जानकारी दिए। 

अपराध नियन्त्रणका लागि प्रहरीले फरार अपराधीलाई कानुनको दायरामा ल्याउने प्रक्रिया पनि तीव्र पार्ने जनाएको छ। हालसम्मको तथ्यांकअनुसार काठमाडौंमा तीन सय ७२ जना फरार अपराधी रहेको र उनीहरुलाई पक्राउ गर्न सक्रिय रुपमा लाग्ने प्रहरीको भनाइ छ । अपराध नियन्त्रणका लागि प्रहरीसँग सूचना कम रहेको भन्दै एसएसपी पोखरेलले सूचना प्रणाली बलियो बनाउन झन्डै दुई सय युवा परिचालन गर्न लागेको जानकारी दिए । ‘सूचना प्रणाली चुस्त बनाउन एउटा ठूलो समूहसँग सहकार्य गर्दैछौं । युवा सम्मिलित उक्त समूह परिचालन गरेपछि हाम्रो सूचना प्रणाली बलियो हुनेछ,’ पोखरेलले भने।

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App