टोकियो— नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापान चुनाबको सरगर्मी बढेको छ। अगामी २१ अगष्टमा टोकियोमा हुने निर्वाचनमा लागि डिपी कँडेल र रोसन केसी समूहबीच प्रतिस्पर्धा हुने छ। दुवै पक्षले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन्।
नेपाली समुदायबीच सामाजिक कार्य गरेर प्रतिष्ठा कमाएका कँडेल 'बिचार र प्रतिष्ठाको राजनीतिमा स्वच्छन्दता आजको आवश्यकता', भन्ने नारा सहित चुनाबी मैदानमा छन्। केसीले ‘नारामा मात्र होइन यथार्थमा जाऔ, समावेशी तथा लोकतान्त्रिक पद्धतिको कार्यान्वयन गरौ’ भन्ने चुनावी नारा तय गरेका छन्।
कँडेल जापानको नेपाली समुदायमा स्वच्छ छबि बनाएका व्यक्ति हुन्। कडा मिहिनेत र परिश्रमले सफल भएका उनलाई जापानमा रहेका धेरै नेपालीले सुखदु:खका साथी ठान्छन्। कार्यकर्तासँगको पहुँचका कारण केसीले उनलाई टक्कर दिनेछन्।
संशोधित विधानअनुसार जनसम्पर्क मञ्चमा ३५ जनाको कार्यसमिति चयन हुनेछ। ती मध्ये पदाधिकारीतर्फ सभापति सहित महामन्त्री र कोषाध्यक्षमा खुल्ला उम्मेदवारको निर्वाचनबाट चयन हुनेछन्। कार्यसमिति सदस्यमा २९ जना केन्द्रीय सदस्य पदलाई निर्वाचनमार्फत टुङ्गो लगाइनेछ। तीमध्येबाट ५ जना उपाध्यक्ष, एक जना सहमहामन्त्री, एक जना सहकोषाध्यक्षलाई चयन हुनेछ।
संशोधित विधानअनुसार ५ जना उपाध्यक्षमा एक महिला तथा एक जनजाति अनिवार्य तय गरिनुपर्नेछ।
यस्तो छ निर्वाचन तालिका
निर्वाचन समितिले छैठौं अधिवेशनको कार्यतालिका सार्वजानिक गरेको छ। निर्वाचन समितिका संयोजक महेशकुमार श्रेष्ठका अनुसार अगष्ट १७ विहान १० बजेबाट ३ बजेसम्म उम्मेदवारी दर्ता, १८ तारिक साँझसम्म उम्मेदवार नामावली प्रकाशन गर्ने तालिका सार्वजानिक गरिएको छ।
यस्तै अगष्ट १८ १ बजेसम्म उम्मेदवारीमाथि दावी विरोध, उम्मेवदारी फिर्ता, अगष्ट १९ तीन बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २१ अगष्ट विहान १० बजेबाट सबै स्थानमा एकै साथ पाँच बजेसम्म निर्वाचन गराइने तालिका सार्वजानिक गरिएको छ। यस्तै २३ तारिकमा मतगणना गरी २४ तारिकमा घोषणा सभामार्फत विजयी उम्मेदवारको घोषणा गरिनेछ।
प्रकाशित: १ भाद्र २०७३ १३:४७ बुधबार