१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कैलासको नयाँ निक्षेप योजना

काठमाडौं– कैलाश विकास बैकले कैलाश सिल्भर जुब्ली बचत योजना सार्वजनिक गरेको छ । आइतबारदेखि लागू हुनेगरी सिल्भर जुब्ली बचत  खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र तीन महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो।

२५औं वर्षमा प्रवेश गरेको बैंकले रजत वर्षको अवसरमा आफ्ना ग्राहकलाई सर्वाधिक ब्याज उपलब्ध गराउने उद्देश्यले यो योजना प्रस्तुत गरेको  बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा जेठो यस विकास बैंकको चुक्ता पूँजी दुई अर्ब ५२ करोड छ । पुस मसान्तमा १९ अर्ब ११ करोड निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको बैंकले विकास बैंकमाझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको जनाइएको छ।

४३ वटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको बैकले यही फागुन मसान्तसम्ममा बिराटनगरमा र यही आर्थिक वर्षमा बीरगन्ज र दमकमा थप दुई शाखा सञ्चालनमा ल्याउने जनाएको छ ।
 

प्रकाशित: १४ फाल्गुन २०७४ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App