पश्चिमी वायुको प्रभावले बदली र वर्षा

आइतबार, १३ फागुन २०७४, १७ : २६ नागरिक

काठमाडौँ (रासस)- पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन विवरण आइसकेको छैन।
पश्चिमी वायुको प्रभाव देशका मध्य र पश्चिमी भेगमा आज रातिसम्म रहने र सोमबार बिहान पूर्वी भेगबाट बाहिरिने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार सोमबार अपराह्नदेखि मौसममा नियमितझै सुधार आउनेछ । जाडो याम भएकाले सामान्य बदली हुने क्रम अझै केही दिन जारी रहनेछ । यसअघि यही फागुन १० गते साँझ काठमाडौँ उपत्यकासहित उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको थियो । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको सामान्य असरले देशभरका पहाडी भेगमा बदली र एक दुई स्थानमा हल्का वर्षा गराएको थियो।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम २४ र न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ । सबैभन्दा बढी दिपायलको ३१.५ डिग्री सेल्सियस छ ।

 





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad