१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकासँगको टी – ट्वान्टी क्रिकेट श्रृङखला भारतलाई

केपटाउन – दक्षिण अफ्रिकासँगको ३ म्याचको टी – ट्वान्टी क्रिकेट श्रृङखलाको तेस्रो तथा अन्तिम खेलमा भारत ७ रनले बिजयी हुदै २–१ ले खेल आफ्नो पक्षमा पारेको छ।

शनिबार राति दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाइ १ सय ७२ रन बनाएको थियो।

भारतका लागि शिखर धवनले ४७, सुरेश रैनाले ४३, हार्दिक पाण्ड्याले २१, दिनेश कार्तीकले १३, महेन्द्रसिंह धोनीले १२ र रोहित शर्माले ११ रनको योगदान दिएका थिए। दक्षिण अफ्रिकाका लागि जुनियर डालाले ३, क्रिस मोरिसले २ तथा साम्सीले १ विकेट लिए।

जवाफमा १ सय ७३ रनको लक्ष्य पछ्याएको अफ्रिका २० ओभरमा ६ विकेट गुमाइ १ सय ६५ रनमा समेटियो। उसका लागि कप्तान जेपी डुमिनीले ५५, क्रिष्चियन जोन्करले ४९ र  डेभिड मिलरले २४ रन बनाए पनि टीमलाई जिताउन सकेनन्। अफ्रिकालाई १६५ रनमा समेटा भारतका भुवनेश्वर कुमारले दुई तथा सुरेश रैना, हार्दिक पाण्ड्या, सार्दुल ठाकुर र जसप्रित बुमराहले समान एक÷एक विकेट लिए। खेलमा भारतका सुरेश रैना म्यान अफ द म्याच घोषित भए।

पहिलो खेलमा २८ रनले विजयी भारत दोस्रो खेलमा भने अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। तर तेस्रो टी – ट्वान्टी खेल जित्दै भारतले अफ्रिका भ्रमण अन्त्य गरेको छ। ८ हप्ता लामो दक्षिण अफ्रिका भ्रमणका क्रममा भारतले ३ टेष्टको श्रृंखलामा २–१ ले पराजित भएपनि ६ एकदिवसीय खेलको श्रृंखला भने ५–१ ले आफ्नो पक्षमा पारेको थियो।

 

 

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App