१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोज राणामाथि खुकुरी हान्ने पक्राउ

काठमाडौं–चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने  २८ वर्षीय मोटे भनिने विवेचन प्रजापति र धादिङ कटुन्जे घर भइ काठमाडौं नयाँबजारमा बस्ने १८ वर्षीय सुर्य लामालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुका साथबाट एउटा पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई मंगलबार नयाँबजारबाट पक्राउ गरिएको हो। उनीहरुले जोधा भनिने गुण्डा नाइके रतनबाहादुर लामाले आफूहरुलाई  राणामाथि आक्रमण गर्न ५० हजार रुपैयाँ दिएको बताएको प्रहरीले जनाएको छ ।

हाल उनीहरुलाई थप अनुसन्धानका लागि नयाँ बानेश्वर प्रहरी वृत्त पठाइएको प्रहरीले जनाएको छ। राणामाथि गत आइतबार बेलुका पुरानो बानेश्वरस्थित सेन्ट क्याफे अगाडि खुकुरी प्रहार भएको थियो।

 

प्रकाशित: १ भाद्र २०७३ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App