१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बुढीगण्डकीले चार घर बगायाे, सात उच्च जोखिममा

गोरखा–गएरातिको भीषण हावाहुरीसँगको वर्षापछि बुढीगण्डकी नदीमा पानीको वहाव बढ्दा जिल्लाको थुमी गाविस–६ मा चार वटा घर बगाएको छ। नेत्रबहादुर भट्टको तीन, चित्रबहादुर गुरुङ, चन्दना कार्कीको दुई तले पक्की घर र सोमबहादुर गुरुङकोे ढुङ्गा माटोले बनेको घर नदीमा बाढी आएपछि बगेको हो। घरको भान्सा कोठा, पिल्लर बगाएको छ। यी घरमा होटल, फेन्सी र किराना पसल संचलनमा थिए।

‘अन्य सात घर उच्च जोखिममा छन्,’ स्थानीय गोकर्ण खनालले भने, ‘गएराति नदीमा एक्कासी ठूलो बाढी आयो, गाउँको छेउमा रहेको सोती खोला पनि उर्लियो, राति नै घर छाडेर स्थानीय छिमेकीको घरमा सरेका छन्।’ जोखिममा रहेका सात र बगेका चार घरका स्थानीय गाउँ छेउमा सुरक्षित ठाउँ खोजी टहरा बनाउनमा लागेका छन्।

खोलामा बाढी आएपछि थुमी गाविसको वडा नम्बर ६ र ७ जोड्ने पुलसमेत भत्किएको छ। एकतर्फको पुलको जीप चुडिन लागेको स्थानीयले बताएका छन्। जोखिममा रहेका घरबाट सामग्री निकाल्ने र स्थानीयलाई सुरक्षित ठाउँमा राख्न प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रबिराज थपलियाले जानकारी दिए।

‘हामीले स्थानीयलाई सहयोग गर्न प्रहरी परिचालन गरेका छौ,’ उनले भने,‘ बाढीबाट भएको क्षतिको विवरण लिन र थप क्षति हुन नदिन आफैँ घटना स्थल पुगेका हौं।’बुढीगण्डकी नदीले एक्कासी धार बदलेपछि बस्तीमा बाढीको डर भएको गुनासो स्थानीयले गरेका छन्। सोती बजारमा २४ घरधुरी छन्।

 

प्रकाशित: १ भाद्र २०७३ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App