१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र बङ्गलादेशका सुरक्षा अधिकारीबीच भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशका सुरक्षा अधिकारीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्रीले गत वर्षको ‘गोरखा भूकम्प’को क्रममा राहत तथा उद्धारमा बङ्गाली जनता, बङ्गलादेश सरकार र त्यहाँको सुरक्षा संयन्त्रले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गरेका थिए ।

“छिमेकी र मित्रको हैसियतले बङ्गलादेश सरकार र बङ्गाली सरकारको तर्फबाट प्राप्त भएको सहयोगमा म उच्च प्रशंसा गर्दछु । नेपाली जनता र नेपाल सरकार बङ्गाली मित्रलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछ” – प्रधानमन्त्री दाहालले भने।

भेटमा प्रधानमन्त्रीले नेपाल र बङ्गलादेश दुवैले प्राकृतिक विपत्तिको सामाना गर्नु परिरहेको भन्दै उद्धार, राहत र पुनःनिर्माणमा एक अर्काका अनुभव आदानप्रदान गर्न नेपाल सरकार इच्छुक रहेको जानकारी दिएकाे  प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए।

भेटमा बङ्गलादेशका सुरक्षा अधिकारीले नेपालले सक्षम र प्रतिभाशाली प्रधानमन्त्री पाएको भन्दै दुई देशको सम्बन्ध र विपत्तिको सामानामा बङ्गलादेशको सुरक्षा संयन्त्र मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए। भेटमा बङ्गलादेशको सेना, सशस्त्र बलका उच्च अधिकारीको उपस्थिति रहेको थियो । रासस

प्रकाशित: १ भाद्र २०७३ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App