१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

असफल ‘कू’ मा संलग्नलाई मृत्युदण्ड नदिइने

अङ्कारा-टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोह कू मा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताएकाछन् ।

उनले संचारमाध्यममा चर्चा गरिएअनुसार उनीहरुमाथि मृत्युदण्डको सजाय नहुने मङ्गलबार प्रधानमन्त्रीले प्रष्ट पारेका हुन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले जुलाई १५ मा भएको असफल विद्रोहपछि टर्कीले पुनः मृत्युदण्डको प्रावधानलाई ब्युताउन सक्ने बताएका थिए । टर्कीमा सन् २००४ देखि मृत्युदण्डको प्रावधानलाई हटाइएको छ ।

राष्ट्रपतिको यो घोषणाले युरोपियन युनियन ९ईयू०लाई स्तब्ध पारेको ईयूले प्रतिक्रिया दिँदै आएको थियो । ईयूले टर्कीलाई यदि मृत्युदण्डको सजायलाई पुनः अभ्यासमा ल्याए ईयू सदस्यता प्रदान गर्न नसकिने चेतावनी दिएको थियो ।

ईयू सदस्यता प्राप्त गर्नका लागि लामो प्रयास गरेपछि ईयूले टर्कीलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सदस्यता प्रदान गर्न सकिने सम्भावना रहेका बताइँदै आएको छ ।

कुनै पनि घटनाको दोषीलाई एकैपटक मार्ने ९मृत्युदण्ड० दिने कुराभन्दा नागरिकले गरेको कर्तुत हेरी अन्य कडा कानुनी कारबाही पनि गर्न सकिन्छ ।

मृत्युदण्डभन्दा कठोर तर हेर्दा सामान्य लाग्ने सजाय पनि विश्वमा अभ्यासमा रहेका छन् । कसैलाई आजीवन काराबासको सजाय तोक्नु मृत्युदण्डभन्दा कम कठोर हुँदैन, प्रधानमन्त्री इल्दिरिम सजायको स्वरुपबारे प्रतिक्रया दिए ।

राष्ट्रपति एर्डोगानले यदि नागरिकले मृत्युदण्डको प्रावधानलाई फिर्ता ल्याउने कुरालाई अनुमोदन गर्छन् भने सरकार यसका लागि तयार हुने भनी एक महिना पहिले प्रतिक्रिया दिएका थिए ।रासस/एएफपी

 

प्रकाशित: १ भाद्र २०७३ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App