नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

बिहिबार, १० फागुन २०७४, २२ : १४ नागरिक

काठमाडौं – नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक विहीबार भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ। 

शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको सहअध्यक्षता रहेको भारतका सीमा व्यवस्थापन सचिवसहितको उक्त बैठकमा वीरगन्ज र विराटनगरमा निर्माणाधीन एकीकृत जाँच चौकीको वस्तुस्थिति तथा निर्माण प्रगतिबारे परामर्शदाताले जानकारी गराएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ। 

भैरहवा र नेपालगन्जमा पनि एकीकृत जाँच चौकी निर्माणको तयारीबारे परामर्शदाताले बैठकमा अवगत गराएको तथा निर्माण र सञ्चालनसम्बन्धी सम्पूर्ण समस्या यथाशीघ्र समाधान गरी अघि बढ्न दुवै पक्षले प्रतिबद्धता जनाएका छन्। 

वीरगन्ज–रक्सौल र विराटनगर–जोगवनीलाई पहिलो चरणमा निर्माण गर्ने सहमति अनुरुप निर्माणको काम अघि बढाइएको छ । नेपाल र भारतबीच वस्तु तथा सेवाको प्रवाहका साथै दुवै मुलुकका नागरिकको सहज आवागमनका निम्ति सीमा क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत भन्सार जाँच चौकी र अध्यागमन सञ्चालनका निम्ति दुवै देशले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। 








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad