जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

बिहिबार, १० फागुन २०७४, १४ : १७ नागरिक

काठमाडौं – नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ।‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ विहिबार (आज) देखि काठमाडाैंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो।

विभिन्न जुत्ता चप्पल संघले जुत्ता चप्पल प्रदर्शनी गरे पनि नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने पहिलो पटक प्रदर्शनी आयोजना गरेको संघका अध्यक्ष खुमराजा ढुङ्गानाले जानकारी दिए।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मुलुकको विकासका निम्ति राज्यले साना व्यवसायीको सम्मान गर्नुपर्ने बताए। “दैनिक सयौँ युवा विदेशिएका बेला स्वदेशमा रोजगारको व्यवस्थाका लागि साना व्यवसायमा राज्यले लगानी गर्नुपछ,” उनले भने

नेपाल राष्ट्रिय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले स्वदेशी वस्तुलाई प्राथमिकता दिनका लागि राज्यले कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने बताए।

नेपाल व्यापार संघका महासचिव कृष्ण अधिकारीले स्वदेशमा उत्पादित सामग्री राम्रो र टिकाउ हुने भन्दै यसलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। हाल नेपालमा ३५ प्रतिशत नेपाली जुत्ता प्रयोग हुँदै आएको संघले जनाएको छ।   (रासस)






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad