१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी एकता र मन्त्रिमण्डल विस्तारबारे अाेली र दाहालबीच छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले माेअावादीकाे बैठक । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ – मन्त्रिमण्डल विस्तार तथा पार्टी एकता प्रक्रियाबारेमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बैठक चलिरहेको छ । बैठकमा कुन दलले कुन र कति मन्त्रालय लिने भन्ने विषयमा छलफल भइरहेको छ । छलफलमा अाेली र दाहालसँगै दुवै पार्टीका शिर्ष  नेताहरूकाे सहभागिता रहेकाे छ।

यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्य मात्र छन्।

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भेनपछि यही फागुन ७ गते एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App