१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कीर्तिपुर नगरपालिका बन्याे डिजिटलाइज

काठमाडौं– कीर्तिपुर नगरपालिकाले आफ्ना सबै काम तथा सेवा डिजिटलाइज गरेको छ।  जन्म, मृत्यु तथा विवाह दर्तादेखि नक्सापास, राजस्व दाखिला, सामाजिक सुरक्षा भत्ता वितरणमा समेत नगरपालिकाले कम्प्युटर प्रविधिको प्रयोग थालेको छ । नगरपालिकाले साउनदेखि सबै कागजी कामलाई डिजिटलाइज गरेको हो ।

त्यस्तै नगरपालिकाको आय–व्ययको हिसाबकिताब ढड्डाको साटो कम्प्युटरमा नै राख्न थालेकाले दैनिक कामकाज समेत सहज र छिटो छरितो भएको नगरपालिकाका सूचना अधिकृत सुजिन्द्र महर्जनले बताए । उनले घरको नक्सा पास पनि इलेक्ट्रोनिक बिल्डिङ पास सिस्टमबाट सुरु भएको र यसबाट नक्सा पास सेवाग्राहीले आवश्यक कागजातका मुठा बोकेर नगरपालिकामा लाम लाग्नु नपर्ने बताए । साथै नक्सा पास गर्न पनि छिटै हुने जानकारी दिए ।

सबै वडामा सबै कामकारबाही कम्प्युटरबाटै गर्न थालेपछि सबै काम छिटो छरितो भएको नगरपालिकाले जनाएको छ । योजना, जिन्सी, नक्सादेखि पञ्जीकरण, जन्मदर्ता, मृत्युदर्ता, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि कम्प्युटर उपयोग गरिएपछि अहिले नगरपालिका डिजिटलाइज भएको महर्जनले बताए ।
उनले भने, ‘कीर्तिपुर नगरपालिका छिट्टै अरु नगरपालिकाभन्दा व्यवस्थित हुनेछ ।’ पहिलेको तुलनामा नगरपालिकाको काम छिटो छरितो भएकाले सेवाग्राही सन्तुष्ट भएको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित: १ भाद्र २०७३ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App