यात्रा

नपछुताइने बनारस यात्रा (फोटो फिचर)

बुधबार, ०९ फागुन २०७४, १३ : १२ शोभा ज्ञवाली  | @GyawaliShova

कुनै महान् आत्माले भनेका थिए– तिमीले के–कति पढेका छौ, मलाई नसुनाऊ । बरु तिमीले के–कति यात्रा गरेका छौ, त्यो चाहिँ सुनाऊ ।

सायद यात्राले दिने ज्ञान, पढेका कुराले दिने ज्ञानभन्दा गहन हुँदो हो । त्यसैले पढेका कुराभन्दा यात्रामा महसुस गरेका कुरामा ती महान् आत्माले जोड दिएका होलान् । यस पटकको मेरो तीर्थयात्राले यस्तै केही सिकायो ।

हामीले बच्चा बेलामा सुन्थ्यौँ, ‘वनारसका लड्डु जो खाए वह भी पछताए, जो ना खाए वह भी पछताए ।’ हामी अर्थ बुझ्दैनथ्यौँ तर पनि कहिलेकाहीँ लड्डु खाने बेलामा वातावरण रमाइलो पार्न हामी दोहोर्याई तेहोर्याई ‘वनारसका लड्डु...’ भन्दै ठूलो स्वरमा हल्ला गथ्र्यौं । लड्डुभन्दा पर वनारस नेपालीहरूका लागि ज्ञान आर्जन गर्ने थलो थियो, आफ्ना आस्थाका भगवान् सम्झने पुण्य भूमि थियो । समय क्रममा नेपालीका लागि ज्ञानआर्जन गर्ने थलो वनारस मात्र रहेन तर पुण्यआर्जन गर्ने थलोका रुपमा भने अद्यापि छँदैछ । र, सायद यही कारण पनि म त्यहाँ मनको शान्ति र पुण्यको लोभले आकर्षित भएँ ।

माघ महिनाको पहिलो साता म बुद्ध एयरको प्याकेज लिई वनारस पुगेकी थिएँ । नेपाली ३७ हजार रुपैयाँको यस प्याकेजबाटै मैले वनारस, सारनाथ, बोधगया, गयाजस्ता हिन्दुहरूको पवित्र तीर्थस्थलको भ्रमण गरेँ ।

वनारस जीवनमा एकचोटि त पुग्नै पर्छ र गंगा नुहाउनै पर्छ भन्ने हामी नेपालीको विश्वास छ । कतिपय सक्नेहरु वनारस पुग्छन् र गंगा नुहाउँछन्, नसक्नेहरु वाग्मती वा ठूला नदीहहरूमा गएर गंगा सम्झँदै नुहाउँछन् । समय मिल्दा आफैँ किन काठमाडौँबाट वनारस र गंगा सम्झने ? किन आफैँ त्यहाँ नपुग्ने भन्ने लागेपछि माघ महिनाको पहिलो साता म बुद्ध एयरको प्याकेज लिई वनारस पुगेकी थिएँ । नेपाली ३७ हजार रुपैयाँको यस प्याकेजबाटै मैले वनारस, सारनाथ, बोधगया, गयाजस्ता हिन्दुहरूको पवित्र तीर्थस्थलको भ्रमण गरेँ ।

वनारसको आरती, पूजापाठ, खानापिन, संस्कृति, रहनसहन, वनारसका गल्ली, त्यहाँको भिडभाड, वनारसी उपल्लो वर्गका सोख आदि राम्रो–नराम्रो धेरै कुरा मैले सुन्दै आइरहेकी थिएँ । त्यहाँ यस्ता कैयौं कुराको अनुभव लिनुभन्दा पनि विशुद्ध धार्मिक पर्यटन मेरो सोचमा थियो ।

एक घण्टाकै उडानमा वनारस पुगियो । सुरुको दिन साँझ काल भैरवको दर्शन गरियो । काल भैरव वनारसको द्वारपाल भनी चिनिदा रहेछन् । सन् १७१५ मा यो मन्दिर स्थापना गरिएको रहेछ । काल भैरवले काशीबासीलाई रोगव्याधि तथा विविध किसिमका डरबाट बचाउँछन् भन्ने गहिरो विश्वास रहेछ । जो कोही आउँदा सबैभन्दा पहिला काल भैरवको दर्शन गर्नुपर्छ भन्ने मान्यताअनुसार मैले पनि काल भैरवको दर्शन गरेँ ।

भोलिपल्ट बिहान स्नान गरेर विश्वनाथ बाबाको दर्शन गर्न पुगियो । बिहान मात्र थाहा भयो, काठमाडौँजस्तै वनारस पनि मन्दिरै मन्दिरको सहर रहेछ । जताततै फूल र प्रसाद बेच्न बसेका विक्रेता, सबैको निधारमा चन्दन र रातो टीका, सबैतिर साकाहारी भोजन, जताततै घण्टीको निरन्तर टङटङ आवाजले वातावरण नै भिन्दै बनाइरहेको थियो ।

त्यहाँ कति धेरै मन्दिर छन् भन्ने कुरा एउटा आहानबाटै प्रस्ट हुन्छ । एक एक दाना चामल हरेक भगवान्लाई चढाउँदै हिँड्यो भने पनि वनारसका मन्दिर सकिँदैनन्, बरु चामलका दाना सकिन्छन् रे ! यो कुरा चाहिँ त्यहीँ पुगिसकेर भोग्दा थाहा भयो ।

वनारसको सबैभन्दा रमाइलो चाहिँ बाबा विश्वनाथ मन्दिरमा २ः३० बजे बिहान हुने मंगल आरती रहेछ । यो बेला आरती र विशेष पूजा हुँदोरहेछ । रु. ३०० को टिकट काटेर आरती र विशेष पूजा दर्शन गर्न पाइने रहेछ । दर्शन गर्दागर्दै तीर्थालुहरू एक किसिमको ध्यानको अवस्थामा पुग्दारहेछन् भन्ने मैले अनुभूत गरेँ । वनारसको वातावरण नै आध्यात्मिक भएकाले होला, धेरैजसो यहीँ आएर जीवनको अन्तिम समय काटूँ भन्ने सोच्दारहेछन् ।

गंगा नदी किनारका आँखाले भ्याउञ्जेलसम्म घाटहरु थिए । मन त त्यो बेला रोमाञ्चित भयो, जब ललिता घाटनेर पशुपतिनाथको जस्तै मन्दिर देखियो । रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरासुन्दरीले त्यो मन्दिर निर्माण गराएकी रहिछन् र उनैले बनाएको घाट भएकाले ललिता घाट भनिएको रहेछ ।

वनारसको सबैभन्दा महत्वपूर्ण थलो त्यहाँको हिन्दु विश्वविद्यालय (बिएचयु) पनि हो । मदनमोहन मालवीयले स्थापना गरेको यो विश्वविद्यालयले हिन्दु सभ्यताको खोज र अनुसन्धानका गर्दै अत्याधुनिक शिक्षामा पनि निकै नाम कमाएको देखेँ ।

यहाँ भएका ६४ घाटमध्ये ५/७ वटा घाटको महिमा बढी सुनियो । जसमध्ये हरिशचन्द्र घाट, दशाश्वमेद घाट, मणिकर्णिका घाट, आशी घाट, चेतसिंह घाट, त्रिपुरामुखी घाट, मनमन्दिर घाट, सिम्दिया घाट आदि । यी घाटहरु सबैको आफ्नो–आफ्नो महत्व छन् । हरिश्चन्द्र घाट भने एउटा मुख्य एवम् प्राचीन घाट मानिदोरहेछ । प्राचीन कथाअनुसार महर्षि विश्वामित्रलाई महाराजा हरिशचन्द्रले आफ्नो सबै दान दिएर यहीँ देहत्याग गरेका हुनाले हरिश्चन्द्र घाट भनिएको रहेछ । त्यस्तै दशाश्वमेद घाट काशीका पाँच तीर्थअन्तर्गत पर्दोरहेछ । (पाँच पवित्र तीर्थस्थलमध्ये अस्सी घाट, दशाश्वमेद, मणिक¨णक, पञ्चगंगा, वरुण संगम) मा राजा दिवोदासले अश्वमेघ यज्ञ पनि गरेका रहेछन् । त्यस्तै मणिकर्णिका घाट भने काशीको मुक्तिक्षेत्र मानिदोरहेछ । जो कसैको यहाँ अन्तिम संस्कार हुन्छ, उसले स्वर्गमा बास पाउँछ भनी भगवान् शिवले विष्णुलाई वचन दिएका रहेछन् । त्यसैले पनि टाढा–टाढाबाट अन्तिम संस्कारका लागि यहीँ मृत शरीर ल्याउने प्रथा रहेछ । यस्तै एक पटक भगवान् शिव र पार्वती यहीँ नदी किनारमा नुहाउँदा शिवको मस्तक (निधार)को मणि र पार्वतीको कानको झुम्काको मणि यहीँ हराएकाले यस घाटको नाम मणिकणर््िाका घाट बन्न पुगेको रहेछ ।

वनारसको सबैभन्दा महत्वपूर्ण थलो त्यहाँको हिन्दु विश्वविद्यालय (बिएचयु) पनि हो । मदनमोहन मालवीयले स्थापना गरेको यो विश्वविद्यालयमा उनको मूर्ति पनि स्थापना गरिएको रहेछ । हिन्दु सभ्यताको खोज र अनुसन्धानका लागि स्थापना भए पनि अत्याधुनिक शिक्षामा पनि यस विश्वविद्यालयले निकै नाम कमाएको देखेँ ।

यसपछि हामी सारनाथ गयौँ । सिद्धार्थ गौतम लुम्बिनीमा जन्मिए अनि सारनाथमा उपदेश लिए । बोधगयामा ज्ञान प्राप्त गरे भने कुशीनगरमा देहत्याग गरे । गौतम बुद्ध जहाँ जहाँ पुगे, ती बाटालाई अहिले भारतले बौद्ध करिडोर बनाइरहेको पाएँ । त्यसैले सारनाथ, बोधगया र कुशीनगरलाई पछ्याउँदै यात्रा गर्नेहरूका लागि प्याकेज नै बनाइएको रहेछ । मैले पनि त्यही प्याकेज पछ्याएँ ।

बुद्धले दिएका ध्यान विधि मैले पनि केही वर्षयता पछ्याउने गरेकी छु– खासगरी विपश्यना । यो ध्यानको विधिपछि मैले थाहा पाएँ, वास्तवमा कति गहन ज्ञान बुद्धले हामीलाई दिएका रहेछन् । शान्तिमा नै जीवन छ र तन–मन–वचन र दिमागमा शान्ति छाए मात्र हामी सफलताको बाटोतर्फ लाग्छौँ भन्ने कुरा त्यही ध्यानले मलाई सिकाएको थियो । ध्यानले आफ्ना विचारप्रवाह कस्तो छ भनी हेर्न सिकाउँछ । त्यसले सारा नकारात्मक पक्ष फ्याँकेर सकारात्मक सोच्न प्रेरित गर्छ । अनि यसबाट प्राप्त हुने नयाँ ऊर्जाले मिहिनेत गर्न झन् बढी उत्प्रेरित गर्छ । र, निरन्तरको मिहिनेत नछोड्ने हो भने एक दिन अवश्य सफलता पाइन्छ भन्ने विपश्यनाकै क्रममा बुझेकी हुँ ।

सारनाथबाट लगभग १० कि.मि. गुडेपछि गया पुगिन्छ । गयामा मैले पितृलाई सम्झिएँ । बिहारको उत्तरपट्टि फाल्गु नदी अनि विष्णु–पद्मा मन्दिरमा पितृ श्राद्ध गरेपछि हाम्रा पितृहरूको वैकुन्ठ बास हुन्छ भन्ने भनाइ रहेछ । यो नदीमा पानी छैन । बालुवा खोस्रिएपछि मात्र पानी निस्कँदोरहेछ ।

बुद्धको सरल शिक्षाका प्रभावले दिनानुदिन उनलाई पछ्याउने बढिरहेका छन् र उनीहरू देशविदेशबाट ठूलो संख्यामा बौद्ध करिडोरमा रमाउन आएको देखियो । बोधगयामा त खुट्टा राख्ने ठाउँ पनि थिएन तर एकदमै शान्तिपूर्ण वातावरण थियो । त्यहाँको वातावरण नै अलौकिक देखिन्थ्यो । सबै ध्यान मग्न थिए । भिड भए पनि स्वच्छ–सफा वातावरण देखिन्थ्यो । त्यत्तिका भिड भए पनि कसैलाई कसैसित रिस र झैँझगडा छैन । सबैको अनुहारमा तेज देखिन्छ । यस्तो लाग्यो, कतै म अर्कै संसारमा त पुगिनँ ? यसपछि मलाई पनि केहीबेर ध्यानमा बस्न मन लाग्यो र ध्यानमग्न भएँ ।

सारनाथबाट लगभग १० कि.मि. गुडेपछि गया पुगिन्छ । गयामा मैले पितृलाई सम्झिएँ । बिहारको उत्तरपट्टि फाल्गु नदी अनि विष्णु–पद्मा मन्दिरमा पितृ श्राद्ध गरेपछि हाम्रा पितृहरूको वैकुन्ठ बास हुन्छ भन्ने भनाइ रहेछ । यो नदीमा पानी छैन । बालुवा खोस्रिएपछि मात्र पानी निस्कँदोरहेछ ।

नदीको पानी नै सुक्ने कस्तो नदी हो भन्ने मनमा पलाउँदै गर्दा हामीसँगैका एक जना पथप्रदर्शकले एउटा कथा सुनाए । राजा दशरथका छोरा रामले बुबाको श्राद्ध गर्नुपर्ने भएछ । श्राद्धको तिथि गुज्रन लाग्दा पनि रामले श्राद्धका सामग्रीहरू नल्याएको देखेपछि सीता आफैँले श्राद्ध गरिछन् । सामग्री त थिएन तर उनले त्यही बालुवाको पिण्ड बनाइन्, साक्षीका रुपमा ब्राह्मण, फाल्गुणी नदी, तुलसी, गाई, वटवृक्ष राखेर श्रद्धापूर्वक श्राद्ध गरिन् । श्राद्ध सकिएपछि राम सामग्रीसहित आइपुगे ।

सीताले भनिन्, ‘श्राद्ध त सकिइसक्यो ।’ यति टाढाबाट सामग्रीहरू ल्याउँदाल्याउँदै पितृ कार्य सकिएको भन्दा राम रिसाए । उनले श्राद्ध भएको हो कि होइन भनी ब्राह्मण, फाल्गुणी नदी, तुलसी, गाई र वटवृक्षलाई सोधे । वटवृक्षबाहेक अरु सबै डराए र श्राद्ध भएको छैन भनी जवाफ दिए । रामसँग डराएर भएको कुरालाई भएको छैन भनेकामा सीता रिसाइन् र वटवृक्षबाहेक सबैलाई श्राप दिइन् । फाल्गुणी नदीलाई नभएको कुरा गरेकाले तिम्रो पानी सुकोस् भनी श्राप दिइन्, ब्राह्मणले मागेर मात्र खान पुगोस्, गाईले फोहोर खानु परोस्, तुलसीले फोहोरमा मात्र झ्याँगिनु परोस् भनी दिएको श्रापका कारण नदी सुकेको, ब्राह्मणले मागेर खानु परेको, गाईले फोहोर खानु परेको र तुलसी फोहोरमै झ्याँगिनु परेको किंवदन्ती रहेछ । यही श्रापका कारण फाल्गुणी नदीको पानी सुकेको हो भनी किंवदन्ती सुन्दा रमाइलो लाग्यो ।

सीताले आफ्ना ससुराको श्राद्ध गरेको विम्व मलाई खुब चित्त बुझ्यो । त्यसैले मैले पनि यहाँ आइसकेपछि आफ्ना पितृहरूलाई किन नसम्झूँ भनेर पिण्ड दान गरेँ ।

यसरी चार दिनमा तीर्थ भ्रमण सजिलै सम्पन्न गरेर चौथो दिन साँझ सजिलै काठमाडौं आइपुगेँ । यो यात्रा मेरालागि धर्म र ज्ञान दुवै हिसाबले सार्थक थियो । यो तीर्थ भ्रमणमा पुगेर फर्केपछि मलाई लाग्यो– धर्म, तीर्थ र व्रतजस्ता कुराहरू त उमेरमै गर्नुपर्ने रहेछ । यसले हामीलाई जुन ऊर्जा दिन्छ, त्यसले हाम्रो तनावपूर्ण दैनिकीलाई सहज मात्र बनाउँदो रहेनछ, बल पनि दिँदोरहेछ भन्ने लाग्यो । सबै तस्बिर: शोभा ज्ञवाली aakriti72@gmail.com






























यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...