१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोकाकोलाको विश्वकप हेर्ने अफर

काठमाडौं – कोका कोलाले विश्वकप फुटबल हेर्न लैजाने गरी नयाँ अभियान ल्याएको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोला नेपालले आफ्ना उपभोक्तालाई प्रत्यक्ष रुपमा विश्वकप फुटबल रसियामा देखाउने योजना सार्वजनिक गरेको हो।

अफर अन्तर्गत ४० जना उपभोक्ताले फिफा विश्वकप प्रत्यक्ष हेर्न रसिया जान पाउने छन् । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।यसका अलावा दुई सय उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप विशेष उपहारहरु– स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता वस्तु र हरेक दिन दुईजनाले २४ इन्चको टेलिभिजन जित्न सक्ने कम्पनीले जनाएको छ । यो पूरै क्याम्पेनमा १२ हजार ६ सयजनाले उपहार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

‘यो निकै ठुलो क्याम्पेन हो जहाँ १२ हजार ५०० बिजेताले फिफाको लोगो अंकित बिषेश उपहार जित्न सक्ने छन् । जसमा ४० जनाले प्रत्यक्ष खेल हेर्ने मौका पाउने छन् ।’ कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ।यो योजना फेब्रुवरी १५ देखि सुरु भएर अप्रिल १५ सम्म संचालन हुनेछ । यो अफरमा ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू हुनेछ ।

यो क्याम्पेनमा १८ बर्ष पूरा गरेका नेपाली नागरिकले भागलिन पाउने छन् ।यसमा सहभागी हुने उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइने कम्पनीले जनाएको छ ।

प्रकाशित: ९ फाल्गुन २०७४ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App