१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई पत्रकारविरुद्ध सार्वजनिक मुद्दा

इटहरी – सुनसरी धरानबाट प्रकासित हुने प्रवोध साप्ताहिकका प्रधानसम्पादक र सम्पादकलाईं नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको जनाउँदै प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। 

समाचार संकलनका गर्न जाने क्रममा धरानबाट प्रकाशित हुने प्रवोध साप्ताहिकका प्रधान सम्पादक गमबहादुर लमजेल र सोही पत्रिकाकी सम्पादक जमूना श्रेष्ठलाई मुद्दा चलाएको हो। दुवै जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। 

प्रहरीले लमजेल र श्रेष्ठसहित पक्राउ गरेका मर्निङ् टाइम्स दैनिकका संवाददाता निमा पुङ्शुवालाई भने मंगलबार साँझ छोडेको छ। तीनै जनालाईं नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा राके जुलुस प्रदर्शन गर्ने जानकारी पाएपछि समाचार संकलन गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो। 

‘समाचार संकलन गर्न बाटोमा हिडिरहेका बेला प्रहरीले पक्राउ गरेको हो,’ प्रहरी नियन्त्रणमा रहेका लमजेलले भने। लमजेलकी श्रीमती जमूना भने सब्जी किनेर फर्कदै गरेको बताइन्। 

मुद्दा चलाएका पत्रकारलाई तत्काल विना शर्त रिहा गर्न नेपाल पत्रकार महासंघ सुनसरी शाखाले माग गरेको  छ। साथै, पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सवै पक्षसँग माग गरेको सचिव हिमाल दाहालद्दारा जारी विज्ञप्तीमा उल्लेख  छ।

यसैबीच, विप्लव समूहका कार्यकर्ता धरानका दुर्गा विक, इटहरीका लक्ष्मण कार्की र निरज अधिकारीलाई सार्वजनिक अपराध ऐनमै मुद्दा चलाएको छ। सार्वजनिक स्थलमा होहल्ला गरेकोमा पक्राउ गरि मुद्दा चलाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ फाल्गुन २०७४ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App