एमाले–माओवादी एकता

मङ्गलबार, ०८ फागुन २०७४, ०९ : १९ रामचन्द्र भट्टराई

कसैलाई चिची पनि पापा पनि हुँदैन । एकजना अध्यक्ष, एकजना प्रधानमन्त्री हुने हो।
लामो संघर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । त्यसको कार्यान्वयनका क्रममा स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनसमेत सम्पन्न भएको छ । वि.सं. १९९७ सालको सहिद काण्डदेखि निर्दलीय पञ्चायतकाल हुँदै निरङ्कुश राजतन्त्र अन्त्यसम्मका लागि भएका जनयुद्ध र जनआन्दोलनको समयमा भएको हजारौं वीर वीरङ्गनाको बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएको हो।

यस क्रममा जब जब परिवर्तनकारी शक्तिको एकता हुन्छ तब तब यथास्थितिवादी र प्रतिगमनकारी शक्ति परास्त भएको इतिहास छ । जब जब परिवर्तनकारीमा अनेकता भएको छ तब तब प्रतिगमनकारी प्रतिक्रियावादी शक्तिले आपसमा लडाएर आफ्नो सत्ता सञ्चालन गर्न सफल भएको इतिहास छ । सात सालको राणा विरोधी संघर्षमा नेपाली कङ्ग्रेसले अगुवाई गरेको भए पनि त्यसमा वाम र अन्य राणा विरोधी शक्तिको सहभागिता थियो । २०१७ सालको प्रतिगमनपछि कम्युनिस्टहरु कुनै दरवारिया भए, कुनै आपसमा खण्डित भएर अलगथलग भए । त्यसैले कङ्ग्रेसलाई मुख्य दुश्मन भनेर राजालाई सिंहानुक बनाउन खोज्दै हिँडे।

कसैले कङ्ग्रेससँग मिलेर शाही निरङ्कुशताविरुद्ध संघर्ष गर्ने उद्घोष गरे । यो सर्वोत्तम विचार थियो । जसका विचारक पुष्पलाल थिए । यस्तो वस्तुगत विचार राख्ने नेतालाई कसैले गद्धार भने । कसैले कङ्ग्रेसको पुच्छर भने । कसैले दक्षिणपन्थी भने । अन्ततः २०४६ सालमा उनैको नीति लागु भई सफलसमेत भयो । राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध माओवादी र सात दलको सहभागितामा भएको आन्दोलनले राजतन्त्र नै अन्त्य ग¥यो । र, २०७२ मा संविधान जारी गरी तीनै तहको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । यसर्थ देशमा युगान्तकारी परिवर्तन भएको छ।

तर राजनीतिक परविर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन भएको छैन । आर्थिकरूपमा मुलुक समृद्ध नभएसम्म राजनीतिक परिवर्तन दिगो हुन सक्दैन । मुलुक परनिर्भर अर्थतन्त्रको भरमा टिकेको छ । आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नु चुनौती बनेको छ । त्यसका लागि कृषिमा आधुनिकीकरण गरी निर्यात प्रवद्र्धन गर्नु आवश्यक छ । गणतन्त्र त आयो तर न यसले पेट भर्न सक्छ न त नाङ्गो आङ नै ढाक्न सक्छ । त्यसैले हामी अब समृद्धितिर लाग्नुपर्छ नत्र प्रतिगमन हुन सक्छ । माघ १९ को प्रतिगमनले यही शिक्षा दिएको छ । त्यसका लागि एकता अनिवार्य छ । देशमा सबै गणतन्त्रवादी अर्थिक समृद्धिको विषयमा एकजुट हुनुपर्छ।

वाम गठबन्धनको प्रभाव र झन्डै दुई तिहाइको चुनावी परिणाम देखेर तिल्मिलाएका व्यक्तिहरू कुन चाल चलेर आफ्नो दुनो सोझ्याउन सकिन्छ, कुन चक्रव्यूह रचेर महाभारतको अभिमन्यू बनाउन सकिन्छ भन्ने गोरखधन्दामा लागेका छन्।  

यही एकजुट हुने क्रममा वाम गठबन्धन भएको हो । चुनावमा त्यसको राम्रो परिणाम आएको छ । गठबन्धन तोड्न र एकतामा भाँजो हाल्न देशी÷विदेशी केन्द्रहरूको चलखेल भएको छ । वाम गठबन्धनको प्रभाव र झण्डै दुई तिहाईको चुनावी परिणाम देखेर तिल्मिलाएका व्यक्तिहरू कुन चाल चलेर आफ्नो दुनो सोझ्याउन सकिन्छ, कुन चक्रब्यूह रचेर महाभारतको अभिमन्यू बनाउन सकिन्छ भन्ने गोरखधन्दामा लागेका छन् । यस्तो अवस्थामा मेरो पदीय हैसियत के हुन्छ भन्ने विषयबाट एकताको वार्ता शुभारम्भ गर्ने कि देश र जनताको जीवन कसरी माथि उठाउन सकिन्छ र देशको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता कसरी अक्षुण राख्न सकिन्छ भन्ने विषयमा वार्ता गर्ने ?

सर्वप्रथम एकताको मुख्य आधार विचार, सिद्धान्त र दर्शन हो । जबज र एशजको बीच एकता र भिन्नता के छ र समानता के कति छ भन्ने विषयमा अध्ययन गरी त्यसको संयोजन कसरी गर्न सकिन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । यी दुवैको जोड र कोणमा  तल–माथि परे पनि दुवैको विचार शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा मिसिएपछि एकताका लागि गाँठो फुकेको छ । मुख्य कुरा आवश्यकता हो । आवश्यकताले गर्दा विगतमा सात दल र माओवादी मिले  । आवश्यकताले गर्दा २०४६ सालमा कङ्ग्रेस र कम्युनिस्ट मिले । २०४७ सालमा माले र माक्र्सवादी मिलेर एमाले बन्यो । यी सबै मिलनले सकारात्मक परिणाम ल्याएको छ । २०४७ सालमा माले र माक्र्सवादी एकीकरण हुँदा शक्तिशाली एमाले बन्यो । त्यो एकीकरणमा मालेका महासचिव आफू तल परेर भए पनि माक्र्सवादीका अध्यक्ष मनमोहन अधिकारीलाई एमालेको अध्यक्ष बनाएका थिए । त्यसको परिणम २०४८ सालको निर्वाचनमा एमालेले ६९ सिट ल्याउन सफल भयो । अन्य वाम घटक पनि मिलेका भए बहुमत सिट आउने सम्भावना थियो । अर्को निर्वाचनमा ८२ सिट जित्न सफल भएको थियो।

अहिले एमाले र माओवादी केन्द्रमात्र हैन, विप्लव, किरणलगायत सबै वाम शक्ति एकजुट हुनुपर्छ । सबैलाई अलग पार्टी खोलेर नेता बन्ने रहर होला । कसैलाई जडसूत्रवादी चिन्नतनले ग्रस्त पारेको होला । कम्युनिस्ट शुद्धताको नाममा कसैसँग नमिल्ने र अलग कोठरी बनाएर माक्र्सवादको माला जपेर बस्ने महारोगबाट मुक्त भई देशको विशिष्ठ परिस्थितिमा माक्र्सवादको सिर्जनात्मक विकास र त्यसको प्रयोगबाट नै माक्र्सवादलाई जोगाउन सकिन्छ । त्यो काम फुटेर अलग अलग माक्र्सवादको खिचडी पकाएर हैन, जुटेरै पूरा गर्न सकिन्छ । माक्र्सवाद कुरान हैन, यो त गतिशील विज्ञान हो । यसलाई मार्गदर्शन सिद्धान्त मान्नेहरूबीच एकता गर्नु आजको आवश्यकता हो।

यतिबेला एमाले र माओवादी केन्द्रबीच एकताको चर्चा चलिरहेको छ । विचार र सिद्धान्तमा एकता भयो भने पदीय हैसियतको बाँडफाँट दोस्रो विषय हो । यस क्रममा संघीय चुनाव र प्रादेशिक चुनावमा पदको बाँडफाँट भई एकताको प्रारम्भिक काम पूरा भएको छ । अब सरकार र पार्टीको नेतृत्व कसले गर्ने भन्ने बहस जारी छ । मन मिल्यो भने त्यो पनि मिल्छ । जहाँसम्म त्यो पनि मिलेजस्तो सुनिँदैछ । मन नै बन्धन र मोक्षको मूल कारण हो । कसैलाई माथिल्लो पदबाट केही समयका लागि तल झार्नु पर्ला । कसैको मनमा शक्तिको अहं जाग्न सक्ला । देश र जनताका लागि यी सबै गौण कुरा हुन् । ठूलो उपलब्धिका लागि आफ्नो अहं त्याग गर्न सक्नुपर्छ । क्षमता योग्यता र क्रियाशीलता माथि जाने कसी हो । हाल एकता गर्दा कोही तल परे पनि एकता महाधिवेशनमा निर्वाचनबाट न्याय पाउन सकिन्छ । कसैलाई चिची पनि पापा पनि हुँदैन । एकजना अध्यक्ष एकजना प्रधानमन्त्री हुने हो । जहाँसम्म त्यस्तो हुने संकेत देखिएका छन्।

अहिले पदीय किचलो निकालेर एकतामा भाँजो हालेमा देशी÷विदेशी तत्व खेल्न सक्नेछन् । नेता को हुने भन्ने वैधानिक निक्र्यौल एकता महाधिवेशनले नै गर्नेछ । अहिले त्यसमा कचिङ्गल झिकेर शत्रु हँसाउने काम गर्नुहुँदैन । जनता अहिले एकता चाहन्छन् । आममतदाताले पार्टी एकीकरणका लागि नै मतदान गरेका हुन् । एकता अनिवार्य छ । यो अहिलेको आवश्यकता पनि हो । त्यसैले झिना मसिना कुरामा नअल्झिएर एकता गर्नुपर्छ । जनताले स्थिर सरकार चाहेका छन् । जनताले वाम गठबन्धनलाई स्थिर सरकार बनाउने म्यान्डेट दिएका छन् । जनताले संयुक्त चुनावी घाषणापत्र पढेका छन् । त्यो घोषणापत्रमा देशको विकास र समृद्धिको सपना देखेका छन् । यी दुवै पार्टीले एकता गरेर त्यो सुन्दर तस्बिर मुखर गर्नुपर्छ । अन्यथा जनतामा वामहरूप्रति मोहभङ्ग हुनेछ । आगामी निर्वाचनमा यसको मत संख्या अरु घटेर जानेछ।     
    
   

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad