१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रसियामा नेपाली नाटक मञ्चन

कठमाडौं – रसियाको नोभोसिबिर्सक सहरमा भइरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन्।

फेस्टिभलको नियमअनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिभलमा नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, एकेडेमिक डाइरेक्टर नरेशकुमार केसी र अभिनय विधाका विद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइलीले सहभागिता जनाएका थिए।

रसियाको सबै स्टेट र देश गरेर ४६  नाटक मञ्चन भएको उक्त फेस्टिभलमा नेपालले १२ फेब्रुअरीमा  नोभोसिबिर्सकस्थित रेड हाउस थिएटरमा रोनिश राउत निदेर्शित २३ मिनेट लामो नाटक ‘पिस’ देखाएको थियो । नेपालको द्वन्द्व कालको विषयमाथि निर्माण गरिएको उक्त नाटकमा सन्जोग रसाइलीले माओवादी र मोहन जैसीले आर्मीको भूमिका निर्वाह गरेका थिए।

नाटकपछि नेपालको सिनेमा, आर्ट र थिएटरको विषयमा अन्तक्र्रिया राखिएको थियो । नाटक प्रदर्शनी र अन्तक्र्रियासँगै नेपाली टोलीले त्यहाँस्थित थिएटर इन्स्टिच्युट, युनिभर्सिटी, ओपेरा हाउस, टेलिभिजन र आर्ट हाउसहरूको औपचारिक भ्रमण गरेका थिए । फेस्टिभलको आयोजक नोभोसिबिर्सक स्टेट थिएटर इन्स्टिच्युट र अन द लेफ्ट बेन्कञ थिएटर इन्स्टिच्युटका प्रतिनिधीहरू गत जेठमा नेपाल आएर कान्तिपुर फिल्म एकेडेमीसँग नेपाल र रसियाबीच विद्यार्थी आदान प्रदान र संस्कृति आदान प्रदान गर्ने सम्झौता गरेका थिए।
यो भ्रमण र सहभागिताले दुई देशको थिएटर, शिक्षा, संस्कृति र सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेलेको मुख्य कार्यकारी अधिकृत प्रकाश पुरीले बताए । उनले हरेक वर्ष विधार्थी पढ्नको लागि पठाउने, थिएटर फेस्टिभल र प्रतियोगितामा सहभागी हुने र नेपाली फिल्मको छायांकनको लागि वातावरण बनाइदिने जस्ता महत्वपूर्ण विषयमा सम्झौता भएको जानकारी गराए।
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App