१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चितवन भेट्रान्सलाई उपाधि

काठमाडौं – दीपककुमार कार्कीको ह्याट्रिकको मद्दतमा चितवन भेट्रान्सले दोस्रो रुस्लान जेवाइसी भेट्रान फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । चितवनको जितमा ह्याट्रिक गरेका कार्कीले खेलको पहिलो हाफको छैटौं, नवौं र ३१औं मिनेटमा गोल गरेका थिए।

विजयी चितवनले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल पुरस्कार पायो । उपविजेता फ्रेन्ड्सले ५० हजार रुपैयाँ हात पा¥यो।  
रुस्लानको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट खेलाडी चितवन भेट्रान्सका यामबहादुर गुरुङ घोषित भए । गुरुङले नगद रु १० हजार पाए । यस्तै, उत्कृष्ट गोलरक्षक चितवनका छन्दुराम चौधरी घोषित हुँदा, उत्कृष्ट डिफेन्डर फ्रेन्ड्सका सुजित केसी, मिडफिल्डर चितवनका धर्मेन्द्र शाही, स्ट्राइकर हिमालयन शेर्पाका आनन्द गुरुङ घोषित भए । उत्कृष्ट सबैले नगद रु ५ हजार हात पारे ।  प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा चितवनका दीपककुमार कार्की अटाए भने फेयर प्लेको उपाधि इन्डिजिनस फुटबल क्लबले जित्यो।

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App