१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजकको विजयी सुरुआत

काठमाडौं – प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आयोजक त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । लगनखेलस्थित सैनिक शारिरिक तालिम तथा खेलकुद केन्द्रमा आइतबार उद्घाटन खेलमा आर्मीले मध्य पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा हरायो।

लिग कम नकआउट प्रणालीमा जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा आर्मीले २५–०८, २५–१२, २५–१४ को नतिजा निकालेको थियो।

आइतबारै पश्चिमाञ्चलले पूर्वाञ्चल विकास क्षेत्रमाथि २५–१७, २५–२१, २५–१४ को सोझो सेटमा जित हासिल ग¥यो।
प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र मध्यमाञ्चल विकास क्षेत्र तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र र विभागीय टोली एपिएफबीच प्रतिस्पर्धा हुनेछ।

तीन विभागीय टोली र पाँच विकास क्षेत्रका टोली सहभागि प्रतियोगिताको समुह ‘ए’ मा आयोजक आर्मी, एपिएफ, मध्य पश्चिम र सुदूर पश्चिमाञ्चल छन् । यसैगरी समूह ‘बी’ मा पुलिस, मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्र छन् । दुवै समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्।

प्रतिगोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी १२ गते सम्म चल्ने प्रतियोगिताका उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले जनही १०–१० हजार प्राप्त गर्नेछन्।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App