१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

घरेलु कोर्टमा कीर्तिपुर विजयी

काठमाडौं – एनके कीर्तिपुरले आइतबार प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगिता अन्तर्गतको खेलमा हिमालयन हन्ड्समाथि ८४–८३ को प्रतिस्पर्धात्मक जित हासिल गरेको छ।

होम एन्ड अवे डबल लिग प्रणालीमा जारी प्रतियोगितामा सुरज खड्गीले सर्बाधिक २१ स्कोर गरेपछि कीर्तिपुर विजयी सुरुआत गर्न सफल भएको थियो।

कीर्तिपुरको कोर्टमा घरेलु टोलीले पहिलो क्वार्टरमा २१–१५ को अग्रता लिएको थियो । तर हिमालयन हन्ट्सले लगत्तै पुनरागमन प्रयास गर्ने क्रममा दोस्रो क्वार्टर २२–१८ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो क्वार्टरमा फेरी कीर्तिपुरले २३–२० को अग्रता लियो । जसका कारण अन्तिम क्वार्टरमा हिमालयन हन्ट्सले २६–२२ को अग्रता लिए पनि खेल जित्न सकेन।

प्रतियोगिताअन्तर्गत सोमबार बुढानिलकन्ठक नगरपालिकाले साउथ साइडर्स तथा त्रिभुवन आर्मी क्लबले गोल्डेन गेट इन्टरनेशनल कलेजलाई निम्त्याउने छन्।

चैत १७ गतेसम्म चल्ने प्रतियोगितामा कुल ६० खेल हुनेछन् । प्रतियोगिताको शीर्ष ४ स्थानमा रहने टोली प्लेअफमा छनोट हुनेछन् । जहाँ पहिलो स्थानको टोलीले चौथो र दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । दुई प्लेअफका विजेता फाइनल पुग्नेछन् भने पराजित हुनेले तेस्रो स्थानका लागि खेल्नेछन्।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्बाधिक स्कोरकर्ता, रक्षक, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले एन्टाबाट जनही १० हजार बराबरको उपहार पाउनेछन्।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App