१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आगलागीपीडितलाई राहत

अग्निपीडितलाई राहत रकम हस्तान्तरण राहत संकलन समितिका संयोजक दिनेश राई । तस्बिर : दमन राई-नागरिक

खोटाङ– खोटाङको हलेसीका आगलागीपीडितका लागि देशविदेशमा संकलन भएको १३ लाखभन्दा बढी रुपैयाँ हस्तान्तरण गरिएको छ । गत पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडितको सहयोगका लागि स्वदेश तथा विदेशमा गरी १३ लाख ३५ हजार १ सय ८५ रुपैयाँ संकलन भएको थियो ।

काठमाडौंमा दिनेश राईको संयोजकत्वमा बनेको अग्निपीडित राहत संकलन समितिले संकलन गरेको ४ लाख ३५ हजार १ सय ८५, खोटाङ समाज हङकङको पहलमा संकलन भएको ५ लाख ५० हजार, खोटाङ सेवा समाज दक्षिण कोरियाको पहलमा संकलन भएको २ लाख १४ हजार ५ सय ६५, एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको पहलमा संकलन भएको ७५ हजार, माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समितिको पहलमा संकलन भएको ३३ हजार १ सय ५५ र अन्तरपार्टी महिला सञ्जाल खोटाङले उपलब्ध गराएको रकम शनिबार अग्निपीडितलाई हस्तान्तरण गरिएको हो ।आगलागीमा पूर्ण क्षति भएका मगम राई, उचितबहादुर राई, अम्बराज राई, तम्बराज राई, मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलाई प्रतिपरिवार २ लाख ५ हजारका दरले राहत प्रदान गरिएको छ ।

यस्तै, आंशिक क्षति भएका प्रकाशचन्द्र गिरीलाई ११ हजार, सरनसरी राईलाई ८ हजार, गोबिन राईलाई ८ हजार, सरनकुमार राईलाई ६ हजार, महानन्द राईलाई ६ हजार, रेगिन्द्र राईलाई ६ हजार, कृष्ण राईलाई ६ हजार, कम्पराज राईलाई ४ हजार र चण्डेश्वर चौधरीलाई ४ हजार प्रदान गरिएको छ । संकलित रकममध्ये हलेसी तुवाचुङ नगरपालिका–९ धितुङका आगलागी पिडित धितुङका मित्रमान राईलाई २ लाख ५ हजार तथा हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेकी सीता नेपालीलाई ४८ हजार २ सय ८४ रुपैयाँ प्रदान गरिएको अग्निपीडित राहत संकलन समितिका संयोजक दिनेश राईले जानकारी दिए । राहत रकम हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, खोटाङ सेवा समाज काठमाडौंका अध्यक्ष राकेश राई, खोटाङ समाज हङकङका सुदन राई, खोटाङ सेवा समाज दक्षिणकोरियाका उमेश सेरालुङलगायतले पीडितलार्य हस्तान्तरण गरेका हुन् ।हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर जल्दा ५ करोड ११ लाख १५ हजारबराबरको क्षति भएको थियो ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App