भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

आइतबार, ०६ फागुन २०७४, १४ : ५१ नागरिक

मेक्सीको – मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दुर्घटना भएको हो।

गत शुक्रबार अवेर राति ७.२ म्याग्नीच्युडको भूकम्प जाँदा ठूलो मात्रामा भौतिक क्षति भएको छ।

दुर्घटनामा परी पाँच महिला, चार पुरुष र तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको ओक्साकाका अधिकारीहरुले बताएका छन।

युएच—६० ब्ल्याक हक नामक सो सैन्य हेलिकोप्टरमा मेक्सिकोका आन्तरिक मामिलासम्बन्धी मन्त्री अल्फोन्सो नाभर्रेटे र ओक्साका राज्यका गभर्नर अलेजान्द्रो मुरात पनि रहेका थिए । तर मन्त्री र गभर्नर भने सकुशल रहनुभएको सो मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
भूकम्पका कारण सो क्षेत्रमा ५० ओटा घरसँगै सभाहल र केही चर्च पनि ध्वस्त भएका छन् । तर अहिलेसम्म मानवीय क्षतिको खवर भने आएको छैन।

ओक्साका राज्यका अधिकारीहरुले भूकम्प प्रभावितहरुका लागि शिविरहरु स्थापना गरेका छन् भने उनीहरुलाई आपतकालिन सहयोगका लागि झण्डै छ हजार सैनिक र प्रहरी पनि परिचालन गरिएको छ।  (रासस/एएफपी )







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad