१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बालुवाटार च्याम्पियन

काठमाडौं – बालुवाटार क्रिकेट एकेडेमी खुकुरी च्यालेन्ज ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) माथि ८ रनको रोमाञ्चक जित निकाल्दै  बालुवाटारले उपाधि उचालेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बालुवाटार क्रिकेट एकेडेमीले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा बालुवाटारले ९ विकेट गुमाएर १ सय ५१ रन जोड्यो । १ सय ५२ रनको लक्ष्य पछ्याएको केसिटिसीले निर्धारित ओभरमा ६ विकेट  गुमाएर १ सय ४३ रन मात्र जोड्न सक्यो । जितसँगै बालुवाटार क्रिकेट एकेडेमीले ३ लाख रुपैयाँ नगद पुरस्कार जित्यो । उपविजेता केसिटिसीले १ लाख रुपैयाँ नगद पुरस्कार हात पा¥यो।

बालुवाटारका लागि ओपनर प्रनित थापामगरले २७ रन बनाउँदा अर्का ओपनर सुमन उदयले ९ रन जोडे । बालुवाटार क्रिकेटको इनिङ उकास्नका लागि पृथु बाँस्कोटाले २५ र अमरसिंह राउटेलाले ३३ रनको योगदान गरे । राउटेलाले १८ बलको सामना गर्दै २ छक्का र ४ चौका प्रहार गरे । सोनु तामाङले २३ रन जोड्दा सिद्धान्तराज शाहीले ७ रन जोडे । केसिटिसीका सुमित झाले ३ विकेट लिँदा सञ्जय बस्नेतले २ तथा नन्दन यादवले १ विकेट लिए।

केसीटिसीका लागि ओपनर अदिल खानले सर्वाधिक ३२ रन जोडे । खानले ३२ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर सुधीर चौधरी १२ रनमा पभेलियन फर्किंदा सुमित महर्जनले २० बलको सामना गर्दै ३ चौकासहित १९ रन जोडे । १७ बल खेलेका दुर्गेस थापाले २१ रन जोड्दा विवेक रानामगरले १ चौका र १ छक्काको मद्दतमा १७ रन जोडे । केसीटिसीलाई १ सय ४३ रनमा रोक्न बालुवाटारका लागि अविनाश बस्यालले ३ तथा क्षितिज सिंह, अमरसिंह, सिद्धान्तराजले समान १/१ विकेट लिए।

प्रतियोगितामा बालुवाटार क्रिकेट एकेडेमीका छितिज सिंह म्यान अफ दि सिरिज घोषित भए । सिंहले २० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । यस्तै, उत्कृष्ट ब्याट्सम्यान टीकापुर क्रिकेट क्लबका रवीन्द्रजंग शाही, त्रिभुवन आर्मी क्लबका अविनाश बोहोरा उत्कृष्ट बलर तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीमका सागर ढकाल उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट सबैले नगद रु १० हजार हात पारे।

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App