१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषधसहित ४ जना पक्राउ

रौतहट – अवैध लागूऔषधसहित रौतहटमा ४ जना पक्राउ परेका छन्। 

रौतहटको चन्द्रपुर नगरपालिका १ अवस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा पैदलयात्री रामेछाप जिल्लाको रामेछाप नगरपालिकार ७ का २७ वर्षका कुमार योन्जनलाई फेनारगन इन्जेक्सन १९ थान लागू औषधसहित शनिवार प्रहरीले पक्राउ गरेको हो। 

लागू औषधसेवन गरेका सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ७ का २९ वर्षका हेमराज घिसिंग र लागू औषधको कारोबारमा संलग्न रौतहटको चन्द्रपुर नगरपालिका १ बागमती पुलनजिक मासु पसल र खाजा होटल संचालन गर्ने बारा जिल्लाको निजगढ नगरपालिका ६ का ३० वर्षका विमल मोक्तान र निजकै भाइ २२ वर्षका विकास मोक्तानलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

विकाससँग १३ हजार रुपैँया नगद बरामद भएको प्रहरीले जनाएको छ। लागू औषधको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए।

प्रकाशित: ५ फाल्गुन २०७४ १६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App