१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले चैत्रमा चुनाव गराउन रोडम्याप अघि सार्दैछः मन्त्री कार्की

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री राम कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर चैतभित्रै सरकारले स्थानीय तहको निर्वाचन गर्ने स्पष्ट पारेका छन्।

‘सबै दलहरुसँग वार्ता तथा सहमति गरेर नै हामी स्थानीय तहलगायत अन्य निकायको निर्वाचन गर्छौं,’ उनले भने, ‘दलहरु एकमत भएर अघि बढ्नुपर्छ, सरकारले यहीअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्छ।’
कार्कीले संविधान संशोधनमा समेत दलहरुबीच सहमति हुनुपर्ने आश्यकत्ता औंल्याए। ‘एमाले पनि संविधान संशोधनमा आउनुपर्छ, उ नआए उसलाई पनि सुख छैन्,’ उनले थपे।

क्लबका सभापति ऋषि धमलाको सभापत्विमा आयोजित साक्षात्कारमा मन्त्री कार्कीले वर्तमान सरकार कठिन मोडमा रहेको उल्लेख गर्दै भने, ‘हामी अहिले तेजावी परीक्षामा छौं, तर वर्तमान राजनीतिक समस्याको समाधानका लागि विशेष रोडम्याप अघि सार्छौं।’

संविधान संशोधनका विषयमा बोल्दै उनले एमालेले पनि संयमता अपनाएर एमालेले अहिले सघाउने विश्वास व्यक्त गर्दै अहिलेको जस्तै प्रतिक्रिया दिइरहे चुनाव गर्न असम्भव रहेको बताए। संविधानप्रति असन्तुष्टि राख्ने मधेशी, आदिवासी, जनजाति, थारुलगायतले उठाएका मुद्दालाई सम्बोधन गर्नेगरी सरकारले काम गर्ने उनको विश्वास थियो।

मन्त्री कार्कीले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गर्ने स्पष्ट पारे। उनले भने, ‘पत्रकारहरुको लागि न्यूनतम श्रमजीवी पारिश्रमिक सुनिश्चित गर्छु, विगतको सरकारले अघि सारेका राम्रा कामहरु गरेको छ, श्रमजीवी पत्रकार ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गराउँछु, म दाबीका साथ भन्छु पत्रकारहरुले न्यूनतम पारिश्रमिक पाउँछन्, त्यसको लागि म कुनै कसर बाँकी राख्दिन् ।’ यद्धपी उनले मिडिया हाउसलाई समेत विश्वासमा लिएर आफू अघि बढ्ने बताए।

कार्कीले थपे, ‘मिडिया हाउसलाई उद्योगको रुपमा मान्यता दिनेबारेमा मैले छलफल गरिरहेको छु, सोही अनुसार मिडिया हाउसले सेवा सुविधा समेत पाउँछन्।’

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले शुक्रबारसम्म काँग्रेसले मन्त्रिपरिषदमा आफ्ना नेताहरु पठाउने दाबी गरेका छन् । भण्डारीले भने,‘हामी नेविसंघको महाधिवेशनमा अल्झियौं, त्यसैले ढिला भयो, अब शुक्रबारसम्म हामी मन्त्रिण्डलमा हाम्रा साथीहरुको नाम पठाउँछौं ।’

भण्डारीले तराईमधेशको समधान हुने समेत विश्वास व्यक्त गरे । उनले भने, ‘हामी तराईमधेशको समस्या समाधान गर्ने पक्षमा छौं, यही भावना अनुसार सरकारले काम गर्छ ।’ त्यस्तै उनले भूकम्पपछिको मुलुकको पूर्ननिर्माणको लागि पनि सरकारले विशेष काम गर्ने विश्वास व्यक्त गरे । वर्तमान सरकारले अघिल्ला सरकारहरुभन्दा राम्रो काम गर्ने उनले दाबी गरे। उनले आफूू शिक्षामन्त्री भए शिक्षा क्षेत्रमा आमुल परिवर्तन गरेर देखाउने बताए।

नेकपा एमालेका नेता तथा निवर्तमान मन्त्री शेरधन राईले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको ताल र सुर राम्रो नदेखिएको आरोप लगाएका छन्।

प्रकाशित: ३२ श्रावण २०७३ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App