१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा चारको मृत्यु

सिन्धुली – बिपी राजमार्गस्थित भद्रकालीको सेल्फीडाँडानजिकै जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । सिन्धुली सदरमुकामबाट नाकाझोली जाँदै गरेको बा११च २२७५ नम्बरको बोलेरो जिप भद्रकालीस्थित साउनेपानीमा सडकबाट करिब ५० मिटर तल खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।  

मृत्यु हुनेमा कमलामाई नगरपालिका ६ का ५८ वर्षीय लक्ष्मीप्रसाद देवकोटा, गोलन्जोर गाउँपालिका  ५ का २० वर्षीय रेसम कार्की, २२ वर्षीय युवराज लुंगेली मगर र १९ वर्षीय नवराज थापा रहेको स्थानीयले जनाएका छन् । जिपमा कति यात्रु थिए भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते गोलन्जोर गाउँपालिका ५ का दीपिका थापा, कवीन्द्र मगर, पवित्रा मगर र दिलिपजंग थापालाई उपचारका लागि काठमाडौं पठाइएको डिएसपी विनोद शर्माले जानकारी दिए । अन्य घाइतेको जिल्लामै उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए ।
 

प्रकाशित: ५ फाल्गुन २०७४ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App