१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

युवती हत्या प्रकरणमा शिक्षक पक्राउ

डोटी- युवती हत्याकाण्डमा संलग्न रहेको आरोपमा शिक्षक पक्राउ परेका छन्। ११ दिनको अनुसन्धानपछि प्रहरीले हत्यामा प्रयोग गरिएको पेस्तोलसहित तलकोटस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्दलाई प्रक्राउ गरेको स्रोतले जनाएको छ।

प्रहरीले यो कुरालाई आधिकारिक रूपमा पुष्टि भने गरेको छैन्। 'अनुसन्धानमको अन्तिम चरणमा छौ। करिब करिब हत्यारा हात लागिसकेको छ भने पनि हुन्छ,' जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले भने, 'हत्यामा संलग्न हतियार र व्यक्ति दुवै हामीले समातिसकेका छौं। अन्तिम भेरिफाई मात्र हँुदैछ। भोलि (मंगलबार) बिहानसम्ममा टुंगो लाग्छ।'

प्रहरीले शंकाको आधारमा शिक्षक चन्दलाई केही दिनअघि पनि गिरफ्तार गरेको थियो तर प्रमाणित हुने आधार फेला नपरेपछि केहीदिन छोडिएको प्रहरी स्रोतले जनायो। यसरी छाड्दा चन्दमाथि निगरानी भने नछाडेको स्रोतको भनाइ छ।

प्रहरीले युवती हत्यामा प्रयोग गरिएको पेस्तोल, त्यसको म्यागजिन र घटनाका बेला हातमा लगाइएको पन्जा हरिहर उमाविको पछाडिपट्टीको वनमाराको झाडीमा फेला पारेको छ। प्रहरी स्रोतका अनुसार शिक्षक चन्दले युवतीको हत्या गरेको स्वीकार गरिसकेको दाबी गरेको छ।

गत जेठ २८ गते पचनाली–६, तलकोटकी मीना साउँदको राति ८ बजे भान्सामा चाउचाउ पकाइरहेको अवस्थामा गोली हानी हत्या गरिएको थियो।

बैतडी घर भएका चन्द २०६७ पुसदेखि सो विद्यालयमा पढाउँदै आएको विद्यालयका प्रधानाध्यापक मानबहादुर साउँदले बताए। हत्या गर्ने चन्द मिनाकै घरमा डेरा गरेर बस्ने गरेको स्थानीयले बताएका छन्।

हत्याको कारण भने अझै खुल्न सकेको छैन्। स्थानीयले शिक्षक भएर अपराध गर्ने चन्दलाई सर्वस्वसहित जन्म कैद गर्नु पर्ने माग राखेका छन्। 'दोषी भनेर समातिएका छन्,' स्थानीय समाजसेवी उद्यव मल्लले भने, 'यदि अपराध प्रमाणित भए हदैसम्मको कारवाही हुनुपर्छ।'

शिक्षक चन्दले मिनासँग प्रेम प्रस्ताव राखेको र अस्वीकार गर्दा हत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ।

मिनाले सोही विद्यालयमा एसएलसीसम्म पढेकी थिइन्। मिना सो विद्यालयमा पढ्दा पनि शिक्षक सोही विद्यालयमा कार्यरत थिए।

प्रकाशित: ७ असार २०७३ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App