१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बक्सिङ र करातेका ग्लोभ्स वितरण

काठमाडौं – निवर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार बक्सिङ र कराते संघहरूलाई ग्लोभ्स वितरण गरेका छन्।
निवर्तमान राज्यमन्त्री चौधरीले अमेरिका भ्रमणका क्रममा त्यहाँ बसोबास गर्दै आइरहेका खेलाडी तथा खेलकर्मीबाट प्राप्त २८ जोर बक्सिङ तथा ७ जोर कराते ग्लोभ्स बक्सिङ र करातेका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।

ती खेलसामग्री राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष शैलेश कर्माचार्य, राखेप सदस्य एवं नेपाल बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको उपस्थितिमा भक्तपुर जिल्ला बक्सिङ क्लब, नक्साल बक्सिङ क्लब, मेघदूत बक्सिङ क्लब, काठमाडाैं  बक्सिङ क्लब, मकवानपुर बक्सिङ संघ, दाङ बक्सिङ संघ, बाँके बक्सिङ संघ, धनुषा बक्सिङ संघ, सुनसरी बक्सिङ संघ र कैलाली बक्सिङ संघ गरी १० क्लब तथा संघलाई वितरण गरिएको हो।

यस्तै नेपाल कराते महासंघका केन्द्रीय सदस्य रामकुमार थारुलाई सात जोर कराते ग्लोभ्स प्रदान गरियो । अमेरिकामा बसोबास गर्दै आइरहेका नेपाली खेलाडी तथा खेलकर्मीहरूबाट संकलित रकमबाट नेपालमा खेलकुदको विकासका लागि बक्सिङ र कराते ग्लोभ्स खरिद गरी अमेरिका भ्रमणमा रहेका तत्कालीन युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीलाई दिवाकर महर्जनले हस्तान्तरण गरेका थिए।
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App