१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

होमको ‘यो हाम्रो माया’

काठमाडौं – गायिका मिना निरौला र गायक डिबी खड्काको स्वरमा रहेको गीत ‘यो हाम्रो माया’ को भिडियो सार्वजनिक भएको छ । गीतमा होम न्यौपानेको शब्द र डिवीकै संगीत रहेको छ।

गीतकार होमले गीतमा मायाको भावको भरपुर प्रयोग गरिएकोले अहिलेको प्रेमिल पुस्ताका लागि गीत महत्वपूर्ण रहेको दाबी गरे । इलामे गीतकार होम पछिल्लो समयमा गीत लेखनमा सक्रिय श्रष्टा हुन् । उनले अष्ट्रेलियामा बस्दै आएका नेपाली गायक सञ्जीव पराजुलीसँग सहकार्य गरेर एल्बम पनि बजारमा ल्याइसकेका छन् ।

गीतमा रोहित लामा, सुबोल थापा ,अनिश अधिकारी र स्वयम् गायक खड्काकै अभिनय रहेको छ । बसन्त महर्जनको छायांकन र मिलन थापाको सम्पादन रहेको गीतमा सुबोलकै निर्देशन छ ।

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App