१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल उपविजेता, युएईसँग ७ रनले पराजित

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत नेपाल डिभिजन २ को उपविजेता बनेको छ। नामिबियामा जारी खेलमा युएईसँग २ विकेटले पराजित भएको नेपाल प्रतियोगिताको उपविजेता बनेको हो।

विन्डकमा पहिले ब्याटिङ गरेको युएईले ४ विकेटको क्षतिमा २७७ रन बनायो। २७८ रनको विजयी लक्ष्य पाएको नेपाल ८ विकेटको क्षतिमा ५० ओभर खेल्दै २७० रनमा समेटियो। नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पूरा गरे पनि त्यो जीतका लागि पर्याप्त भएन।

१ सय ३ बल खेलेका पारसले आठ छक्का र ३ चौकाको मद्दतमा अविजित ११२ रन बनाए । त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले २४, दिलीप नाथले १३, दीपेन्द्रसिंह ऐरीले ३५, शरद् भेषवाकरले ३०, आरिफ शेखले ७ र रोहितकुमार पौडेलले २३ रन जोडे भने करण केसीले ३, सोमपाल कामीले ६ तथा वसन्त रेग्मीले ५ रन जोडे। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २७७ रन बनाएको थियो। युएइका लागि शुरुआती ब्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । एक सय २३ बल खेलेका उनले तीन छक्का र १० चौकाको मद्दतमा ११४ रन जोडे। यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे। 

बलिङतर्फ नेपालका लागि सोमपाल, वसन्त र सन्दीप लामिछानेले १–१ विकेट लिए । लिग चरणको खेलमा नेपालले युएइलाई ४ विकेटले पराजित गरेको थियो । सो जीतसँगै युएइले लिग चरणमा नेपालसँग हारेको बदलासमेत लिएको छ। 

प्रकाशित: ३ फाल्गुन २०७४ १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App