१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ओली प्रधानमन्त्री हुँदा जन्म गाउँमा खुसियाली

तेह्रथुम – तेह्रथुम जिल्ला आठराई गाउँपालिका ईवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको खुशीयालीमा दिप प्रज्ज्वलन गरिएको छ। ओलीको जन्म भएको आठराई गाउँपालिकाका जनताले देशको ४१ औं प्रधानमन्त्री बनेकोमा दिप प्रज्ज्वलन गर्दै खुसी बाँडेका हुन्। 

जिल्लाको सदरमुकाम म्याङलुङको लोकतान्त्रिक चोकमा संयुक्त बाम गठबन्धन समितिको आयोजनामा नेपालको नक्सा बनाई दिप प्रज्वलन गरिएको नेकपा एमालेका  उपसचिब भुपतिलाल श्रेष्ठले जानकारी दिए। तेह्रथुम जिल्लामा जन्मिएका ओली प्रधानमन्त्री भएपछि जिल्लाका बिभिन्न चोकहरूमा दिप प्रज्ज्वलन गरी खुसीयाली साटा साट गरिएको उनले बताए। 

मुख्य रूपमा जिल्लाको आठराई सक्रान्ती, फेदापको पोक्लाबाङ, मेन्छ्यायेमको मोराहाङ, लालीगुराँस नगरापालिकाको बसन्तपुर, छथर गाउँपालिकाको शुक्रबारे बजारमा जिल्लाका नेता तथा कार्यकर्ताले दिपप्रज्ज्वलन गर्दै खुसियाली  साटेका हुन्। प्रधानमन्त्री ओलीको जन्म २००८ फागुन ११ गते तेह्रथुम आठराई गाउँपालिकाको इवामा भएको थियो।

प्रकाशित: ३ फाल्गुन २०७४ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App