१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली संसदीय दलको नेता चयन

काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेता चयन गरेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेलगत्तै विहीबार दिउँसो बसेको एमालेको पहिलो संसदीय दलको बैठकले अध्यक्षलाई दलको नेता चयन गरेको हो।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। 

संसदीय दलको नेता भएसँगै ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री पदको सपथ लिँदैछन्।

प्रकाशित: ३ फाल्गुन २०७४ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App