१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डिभिजन २ क्रिकेट : उपाधिका लागि नेपाल र युएई भिड्दै

नामिबिया – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि विहिबार (आज) नेपाल र युएई भिड्दैछन्।

खेल नामिबियाको विण्डहकस्थित वन्डरर्स मैदानमा दिउसो १ः१५ मा सुरु हुनेछ । लिग चरणमा युएईलाइ ४ विकेटले हराएको नेपाल आज उच्च मनोबलका साथ फाइनल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

नेपाल र युएइले शीर्ष २ मा रहदै अघिल्लो चरणको यात्रा तय गरिसकेका छन् ।

बुधबार क्यानडालाई १ विकेटले हराउदै नेपाल शीर्ष स्थानमा पुगेको छ । बुधबारै नामिबियामाथि १९ रनको जित निकालेको युएई ६ अंकका साथ दोस्रो स्थानमा छ । युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै छनोट भएको हो । विहिबारै क्यानाडाले नामिबियासँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ भने ओमान र केन्याले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका शीर्ष दुई टोलीले जिम्वाब्बेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन् । डिभिजन–२ को शीर्ष दुईले वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, अफगानिस्तान, हङकङ र स्कटल्यान्डसँग दुई समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछन् ।

यसका शीर्ष दुई टोलीले इङ्ल्यान्डमा हुने विश्वकप खेल्न पाउनेछन् । साथै नेदरल्यान्डबाहेक शीर्ष तीन एसोसिएट राष्ट्रले २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App