१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भलिबलसँग मिस नेपालको प्रणय दिवस

बाँके – प्रणय दिवसमा नेपालगन्ज आइपुगेकी मिस नेपाल निकिता चाण्डकले भलिबलसँग प्रेम गरेर दिवस मनाउने बताएकी छिन् । मिस नेपाल निकिता प्रधानमन्त्री कपको सद्भभावना दूत हुन् ।

प्रतियोगिताको प्रबद्र्धनका लागि उनी बुधबार नेपालगन्ज आइपुगेकी छिन् । उनले महिला भलिबलको विकासका लागी सद्भावना दूतका रूपमा जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, मलाई फुटबल र क्रिकेट मात्र धेरै खेलिने खेल जस्तो लागेको थियो । तर महिला भलिबलको बारेमा बुझ्दा धेरै खुसी लाग्यो । सबै जिल्लामा खेलिने खेलको प्रर्बदनमा सहकार्य गर्नु पाउनु अवसर हो ।पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता बिहीबारदेखी नेपालगन्ज कभर्ड हलमा हुँदैछ । प्रतियोगितामा सात टिमले खेल्दैछन् ।

प्रतियोगिताको प्रवद्र्धन गर्न निकितासँगै मिस नेपालको आयोजक हिडेन ट्रेजरका प्रवद्र्धक मोटर एवं मिस नेपाल इभेन्टका निर्देशक शैलेन्द्र क्षेत्री नेपालगन्जमा आएका छन् ।आयोजक बाँके जिल्ला भलिबल संघले हिडेन टेजरसँग सहकार्य गरेर मिस नेपाललाई प्रतियोगिताको सद्भाव दूतका रूपमा सम्झौता गरेको छ ।
निर्देशक क्षेत्रीले महिला विकासमा लागी मिस नेपाल र महिला भलिबल फरक विधा भए पनि महिला शसक्तीकरणमा दुवैले योगदान गरिरहेको बताए । उनले भने, ‘मलाई खुसी लागेको छ । मिस नेपाल महिला भलिबलको सद्भाव दूत भएकोमा । मिस नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गरेको छ । खेलकुदले पनि नेपालको प्रतिष्ठालाई अन्तराष्ट्रिय स्तरमा लग्न सहयोग गरिरहेको छ ।’
 

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App