२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झोला पसल देखाएर कलबाइपास

काठमाडौं- प्रहरीले झोला पसलको आवरणमा काठमाडौंका व्यस्त तीन स्थानमा अवैध कलबाइपास केन्द्र सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले केदार अछामी र सुमन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार श्रेष्ठ अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा नयाँ बानेश्वर, शंखमूल र पेप्सीकोलामा कोठा लिई कलबाइपास चलाउँदै आएका थिए। घरबेटीलाई आफूहरू झोला व्यापारी रहेको बताउने गरेका उनले शंखमूलमा सानो झोलापसल समेत राखेका थिए।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार साँझ–बिहान बस्नका लागि भनेर घर भाडामा लिएका उनीहरूले सोही कोठामा कल बाइपास सञ्चालन गर्ने उपकरण जडान गरेको पाइएको छ। दराजमाथि फल्स बटन बनाई लुकाइएको अवस्थामा उपकरण बरामद गरिएको लोहनीले जानकारी दिए। 'उनीहरूले बंगलादेशी नागरिकको सहयोगमा कल सेन्टर सञ्चालन गरेका थिए, मुख्य अभियुक्त श्रेष्ठले तीनै ठाउँका कल बाइपास सेन्टर मोटरसाइकलबाट अनुगमन गर्ने गरेको अनुसन्धानमा पाइयो,' लोहनीले भने।

प्रकाशित: ३२ श्रावण २०७३ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App