१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्ष ओली र बेलायती रक्षाराज्मन्त्री ल्यानकाटर बीच भेट

काठमाडौं-  बेलायती रक्षाराज्य मन्त्री मार्क ल्यानकाष्टरले नेकपा(एमाले)का अध्यक्ष  केपी शर्मा ओलीसँग मगलबार शिष्टाचार भेट गरेका छन्। सिंहदरवार स्थित एमाले संसदीय दलमा भएको भेटमा ल्यानक्यास्टरले अध्यक्ष ओलीलाई हालैको निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ तथा भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको ओलीको सचिवालयले बताएको छ।
मन्त्री ल्यानकाष्टरले यसपटको चुनावी परिणामले नेपालमा स्थीर सरकारको सम्भावना देखिएकोले बेलायत नेपालमा थप लगानी गर्न उत्साहित रहेको बताए। ‘स्थीर राजनीतिक परिस्थितीका कारण नेपालमा लगानी मैत्री वातावरण बन्नेमा बेलायत आशावादी छ’, ल्यानकाष्टरले भने।
अध्यक्ष ओलीले राज्यमन्त्री ल्यानकाष्टरलाई धन्यवाद दिंदै विगतमा झैं नेपालको विकासका विविध क्षेत्रमा बेलायत सरकारको सहयोग जारी रहने अपेक्षा गरेको बताए। अध्यक्ष ओलीले बेलायती सेनामा काम गर्ने सैनिकहरुलाई हुने गरेको विभेदका बारेमा राज्यमन्त्री ल्यानकाष्टरसँग जिज्ञासा राखेका थिए। राज्यमन्त्री ल्यानकाष्टरले नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन आग्रह गरे।  बेलायती सेनामा काम गर्ने पूर्व गोर्खा सैनिकको पेन्सन सुविधा बारेमा गठन गरिएको संयुक्त प्राविधिक टोलीले गरिरहेको कामको प्रगति बारेमा अध्यक्ष ओलीलाई राज्यमन्त्री ल्यानकाष्टरले जानकारी गराएका थिए।  

 

प्रकाशित: १ फाल्गुन २०७४ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App