हिउँले ढाक्यो कर्णाली (फोटो फिचर)

मङ्गलबार, ०१ फागुन २०७४, १० : २८ डिबी बुढा

जुम्ला – सोमबार देखि परेको हिउँले कर्णालीलाई ढपक्कै ढाकेको छ । दुई दिन लगातार बादल लागेपछि पछि हिउँ परेको थियो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

सदरमुकाम क्षेत्रमा आधा झण्डै एक फिट हिउँ जमेको छ ।  हिउले डाडाकाँडा र सदरमुकाम पुरै सेताम्य भएको छ । लाग्छ, कर्णालीले हिउँको सेतो सिरक ओढेको छ । हिउँ रोकिएपनि बादल लागेकोले चिसो अत्याधिक बढेको छ । हिमपातका कारण यहाँका पसल तथा दोकानहरु बन्द छन भने सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवाग्रही आउन सकेका छैनन ।

 यो वर्ष पहिलो पटक हिमपात भएको हो । सोमबार देखि हवाईजहाज चलेका छैनन भने कर्णाली राजमार्गमा हिउ जमेपछि यातायात पुर्ण रुपमा वन्द भएको छन । विमानस्थलको रनवेमा हिँउ जमेपछि नपग्लेसम्म हवाई जहाज अवतरण गर्न कठिन हुने नेपाल नागरिक उडययन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ । उच्च भागहरुमा एक देखि तिन फिट हिँउ परेको अनुमान गरिएको छ । गाउँ घरतिर गाईवस्तुलाई दाना र पानी खुवाउनकै लागि समस्य भईरहेको स्थानियले वताएका छन । यो हिँउले कृषि क्षेत्रमा भने निकै राम्रो काम गरेको किसानहरु बताउँछन् ।

हिमपातले बिद्यालय वन्द हुनुका साथै एसईइ परिक्षा दिन सदरमुकाम खलंगा झरेका विद्यार्थीलाई सास्ती भईरहेको छ । कर्णाली अस्पतालका विरामीलाई चिसो छल्नका लागि हिटर ग्यासको व्यवस्थापन गरिएको छ ।

तस्विर: सबै डीबी बुढा

 













यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad