१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जाडो छल्न बाहिरिएका मनाङवासी जिल्ला फर्कन थाले

मनाङ (रासस)- पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन्।
मंसिर महिनामा घरको सबै कामकाज सकेर जाडो छल्नका लागि जिल्ला बाहिर जाने प्रचलन रहेको छ।
व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बोकेर गएका मनाङ्गेहरु व्यापार सकेर जिल्ला फर्कन थालेका छन्। जाडोको मौसम सकिएलगत्तै जिल्लामा रहेका विद्यालय शुरु हुने र आन्तरिक तथा बाह्य पर्यटकको याम शुरु हुने भएकाले उनीहरु आफ्ना व्यवसाय सञ्चालन गर्न आइपुगेका हुन्।
मौसममा सुधार भई आकाश खुलेर हिमालमा चमक आएपछि मनाङमा मौसम शुरु भयो भनेर बुझिन्छ । वर्षको एक पटकमात्र खेती हुने यस जिल्लामा जाडो सकिएसँगै नयाँ बालीको मौसम शुरु हुने भएकाले पनि मानिस खेती लगाउन जिल्ला फर्कने गर्छन्।
 

 

प्रकाशित: २९ माघ २०७४ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App