१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समानुपातिक सांसदको नामावली बुझाउने आज अन्तिम मिति

 काठमाडौं –निर्वाचन आयोगले  प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक सांसदहरूको नामावलीको सूची पेश गर्नका लागि  सोमबार अन्तिम मिति निर्धारण गरेको छ।

साेमबार साझँ ५ बजेसम्म नेपाली कांग्रेस, नेकपा माओवादी तथा मधेस केन्द्रित दलहरूले समानुपातिक सांसदहरूको नामावलीको सूची निर्वाचन आयोगमा पेश गरिसक्नुपर्ने छ । नेकपा एमालेले भने आइतबार नै ८४ जना समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा पेश गरिसकेको छ ।

 सांसदहरूको नामावली यकिन गर्नका लागि नेपाली कांग्रेसको कार्यसम्पादन समितीको बैठक बसिसकेको छ ।समानुपातिक सांसद तर्फ  कांग्रेसले ४० सिट माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।
 

 

प्रकाशित: २९ माघ २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App