१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जनता बैंकका दुई शाखा थपिए

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ । कास्कीको लेकसाइड र कैलालीको अत्तरियामा शाखा विस्तार गरेको बैंकले जनाएको छ।

लेकसाइड शाखाको उद्घाटन पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र बैंकका सञ्चालक रामबहादुर भण्डारीले गरेका थिए।
अत्तरिया शाखाको उद्घाटन गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउद र बैंक सञ्चालक गौतमप्रसाद खनालले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ।
बैंकले ९४ शाखा, २६ शाखारहित बैंकिङ, तीन सीमित बैंकिङ एकाइ, तीन एक्सटेन्सन काउन्टर तथा ६७ एटिएम मेसिनमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: २८ माघ २०७४ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App